मध्यतराईका जिल्लामा एकै साथ डेंगु र स्क्रब टाइफस भेटियो

वीरगंज । वर्षा र गर्मीसँगै मध्यतराईका जिल्लाहरूमा एकै साथ डेंगु र स्क्रब टाइफस भेटिएको छ । काठमाडौँबाट वीरगंज फर्किएका ३ जनामा शनिवार एकैसाथ डेंगु र स्क्रब टाइफस देखिएको छ ।
वीरगंजको नारायणी अस्पतालका चिकित्सक डा. जेपी जैसवालले वीरगंजमा काठमाडौँबाट आएका ३ जनालाई डेंगु संक्रमण देखिएको बताउनुभयो ।
तीनै जना काठमाडौँबाट फर्किएका पर्सावासी पुरुष रहेको उहाँले जानकारी दिनुभयो । उनीहरूमा ज्वरो, टाउको दुख्ने, जीउ दुख्नेजस्ता साझा समस्या थियो ।
वीरगन्ज मात्र नभई हेटौँडाबाट समेत डेंगुका बिरामीहरू वीरगंजमा उपचारका लागि आएको उहाँले बताउनुभयो ।
गतवर्ष पनि यसै समयमा वीरगन्जमा डेंगु र स्क्रब टाइफसका बिरामी एकैसाथ ठूलो सङ्ख्यामा देखिएको थियो । नारायणी अस्पतालका अर्का चिकित्सक डा. उदयनारायण सिंह पनि डेंगु र स्क्रब टाइफसका बिरामी एकैसाथ उपचार गराउन अस्पताल आइरहेको बताउनुभयो ।
एडभान्स अस्पतालमा २ जना स्क्रब टाइफसका बिरामी भर्ना भई उपचार गराइरहेका छन् । गतवर्ष कोभिड महामारीपछि डेंगु र स्क्रब टाइफस वीरगंजमा देखिन थालेको उहाँले बताउनुभयो ।
वीरगंजमा दैनिक जसो डेंगुका बिरामी बढ्ने क्रममा रहेको र हाल सम्म वीरगंजका अस्पतालमा २ दर्जनाै भन्दा बढी डेंगुका बिरामीहरूको उपचार भइरहेको चिकित्सकहरूले जनाएका छन् ।
डेंगु जमेको सफा पानीमा बस्ने गरेको लामखुट्टेले सार्ने भएकाले घर तथा घरको वरपरसमेत पानी जम्न नदिने, घरमा पनि गमला तथा एसीमा जमेको पानी बेलाबेला फाल्ने गर्नु नै सावधानी रहेको डां सिंहले बताउनु भयो ।
स्क्रब टाइफसका बिरामीमा उच्च ज्वरो, टाउको दुख्ने, शरीर र मांसपेशी दुख्ने, शरीरका विभिन्न भागमा साना र ठूला गरी रातो डाबर आउनेजस्ता लक्षण देखिने गरेको उहाँले बताउनुभयो ।
सन् २०१५ देखि पर्सालगायत मधेसका जिल्लामा यो बिमार देखा पर्न थालेको डा. सिंहले बताउनु भयो । पहिलो वर्ष रोगको पहिचान हुन नसक्दा बिरामीले लामो समय अस्पताल भर्ना भएर उपचार गराउनु परेको थियो ।
क्याटेगोरी : समाचार, स्वास्थ्य
ट्याग : #डेंगु र स्क्रब टाइफस
धेरै पढिएका
- १एमालेका नेता कार्यकर्ताले किन सेयर गरिरहेका छन् ‘म झोले हो’ पोस्टर ?
- २एमाले काठमाडौ जिल्ला कमिटीमा ४३ सदस्य मनोनित (सूचि सहित)
- ३राष्ट्रिय युवा संघ नेपालको १० औं महाधिवेशन : अध्यक्ष देखी सदस्य सम्म कसले कति मत पाए ? (सूचि सहित )
- ४टोखामा मेयर प्रकाश अधिकारीको २० उदारणीय काम , जसकै देशैभर चर्चा परिचर्चा हुने गर्दछ (सूचि सहित )
- ५नेकपा एमाले काठमाडौं जिल्ला कमिटीमा जिम्मेवारी हेरफेर, १३८ वडामा नयाँ इन्चार्ज तोकिए , हेर्नुहोस को को ?
- ६तारकेश्वर नगरपालिकाद्वारा फूटबलका पूर्व फिफा रेफ्री राजेश श्रेष्ठ सम्मानित
- ७टोखा झोरमा गोली चल्यो , प्रहरीलद्धारा गोठाटार हत्याकाण्डका अभियुक्त पक्राउ
- ८तारकेश्वरमा काग्रेसकै मेयर र वडाध्यक्ष बिच विवाद , कार्यकारी पनि असन्तुष्ट हुँदा जनताका काम प्रभावित
तपाईको कमेन्ट लेख्नुहोस्