पार्टीलाई विजयी बनाउन दृढ आत्मविश्वास र सङ्कल्पका साथ लाग्नूस्: अध्यक्ष ओली
ललितपुर । नेकपा (एमाले) केन्द्रीय निर्वाचन परिचालन कमिटीको पहिलो बैठक आज अध्यक्ष केपी शर्मा ओलीको अध्यक्षतामा तुल्सीलाल स्मृति प्रतिष्ठान, च्यासल ललितपुरमा बस्यो ।
बैठकलाई सम्बोधन गर्दै केन्द्रीय निर्वाचन परिचालन कमिटीका संयोजक, पार्टी अध्यक्ष केपी शर्मा ओलीले निर्वाचनमा पार्टीलाई बहुमत हासिल गराउने दृढ आत्मविश्वास र सङ्कल्पका साथ लाग्न निर्वाचन परिचालन कमिटीका सदस्यहरूलाई निर्देशन दिनुभयो । उहाँले निर्वाचनमा पार्टीले विजय हासिल गर्नु भनेको एमालेका लागि मात्र नभई सिङ्गो राष्ट्र जोगाउनका लागि हो भन्नुभयो ।
अध्यक्ष ओलीले देशको विकास र समृद्धि तथा जनताको जीवन सुखमय बनाउने नीतिहरू एमालेसँग मात्र रहेका र ती नीति कार्यान्वयनका लागि निर्वाचनमा बहुमत प्राप्त गरी सरकार गठन गर्नुपर्ने हुँदा सोही अनुसार परिचालित भई पार्टीलाई विजयी बनाएर मात्र फर्कन निर्देशन दिनुभयो ।
अध्यक्ष ओलीले नागरिकता विधेयकका सन्दर्भमा गठबन्धन दलहरूले एमालेका विरूद्धमा भ्रम फैलाउने प्रयास गरिरहेको वताउँदै जन्मसिद्ध नागरिकले वंशजको नागरिकता पाउनुपर्ने एमालेको धारणा रहेको स्पष्ट गर्नुभयो । उहाँले कोही पनि नेपाली नागरिकले नागरिकता पाउनका लागि दुःख पाउनु हुँदैन भन्नुभयो ।
अध्यक्ष ओलीले नेकपा एमालेले जनताका हरेक समस्याको समाधान गर्नुपर्छ भन्ने मान्यता राख्छ र समाधान गर्छ भन्नुहुँदै त्यसैगरी नागरिकताको समस्या पनि समाधान हुनुपर्छ भनेरै आफ्नो नेतृत्वको सरकारका पालामा विधेयक ल्याएको र माओवादीले तीनबर्षसम्म संसदीय समितिमा रोकेको वताउनुभयो ।
बैठकमा महासचिव शंकर पोखरेलले निर्वाचन परिचालनका सन्दर्भमा गर्नुपर्ने कामका बारेमा प्रस्तावहरू प्रस्तुत गर्नुभएको थियो ।
बैठकले निर्वाचन परिचालन कमिटीको कामलाई व्यवस्थित रुपमा सञ्चालन गर्नका लागि सचिवालय गठन गरेको छ ।
सचिवालयमा पार्टीका केन्द्रीय पदाधिकारीहरू, निर्वाचन विभागका उपप्रमुख र सचिव, प्रचार तथा प्रकाशन विभागका उपप्रमुख र सचिव, कानुन विभागका प्रमुख, उपप्रमुख र सचिव, केन्द्रीय कार्यालयका सचिव र सातवटा जनसंगठनका अध्यक्षहरू रहनुभएको छ । सचिवालयमा आवश्यकतानुसार मनोनीत गर्न सकिने निर्णय गरिएको छ । सचिवालयमा रहनुभएका नेता कमरेडहरु यसप्रकार हुनुहुन्छः
संयोजक– केपी शर्मा ओली
सदस्य– ईश्वर पोखरेल, युवराज ज्ञवाली, अष्टलक्ष्मी शाक्य, रामबहादुर थापा, विष्णुप्रसाद पौडेल, सुवास नेम्वाङ, सुरेन्द्रप्रसाद पाण्डे, शंकर पोखरेल, प्रदीप ज्ञवाली, पृथ्वी सुब्बा गुरूङ, विष्णु रिमाल, टोपबहादुर रायमाझी, लेखराज भट्ट, गोकर्ण विष्ट, योगेश भट्टराई, छविलाल विश्वकर्मा, रघुवीर महासेठ, पदमाकुमारी अर्याल, थममाया थापा, विष्णु रिजाल, निरज आचार्य, रमेश बडाल, धर्मराज रेग्मी, प्रेम दंगाल, सुनीता बराल, किरण पौडेल, भीष्म अधिकारी, गगन विष्ट, केदार कोइराला, डिल्लीराम मैनाली, परशुराम बस्नेत र विनोद पाण्डे ।
बैठकले निर्वाचन परिचालन कमिटीको सचिव र सचिवालयको सचिवमा उपमहासचिव विष्णु रिमाललाई जिम्मेवारी दिएको छ ।
बैठकले प्रदेश, जिल्ला, पालिका र वडातहसम्म निर्वाचन परिचालन कमिटी गठन गरी निर्वाचनमा परिचालित हुने निर्णय गरेको छ ।
क्याटेगोरी : राजनीति, समाचार
ट्याग : #breaking, #केपी शर्मा ओली, #नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २टोखा–छहरे सुरुङमार्गले धेरै बस्ती मापदण्डका कारण समस्यामा पर्ने भएकाले विकल्प खोज्न मन्त्री खनालको प्रस्ताव
- ३काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ४एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ५सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ६तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ७काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ८रास्वपा टोखा नगर सभापति काफ्लेले छोडे पार्टी, दलगत झण्डा नबोक्ने घोषणा






तपाईको कमेन्ट लेख्नुहोस्