शान्ति सुरक्षाको माग गर्दै त्रिवि
काठमाडौं । त्रिभुवन विश्वविद्यालय प्रशासनले गरेको पत्रकार सम्मेलन विथाल्ने नेविसंघ समूहको नेतृत्व योगेन्द्र रावलले गरेको खुलेको छ ।
आइतबार त्रिवि प्रशासनले पत्रकार सम्मेलन गर्न खोज्दा त्यसलाई विथोल्न नेविसंघका नेता, कार्यकर्ता नारावाजी गर्दै पुगेका थिए । नेविसंघको नाराबाजीविरुद्ध विद्यार्थीहरुको समूहले काउन्टर प्रदर्शन गरेको थियो, जसमा नेकपा एमाले निकट अनेरास्ववियुका कार्यकर्ता पनि सामेल थिए ।
त्यस क्रममा दुवैपक्षबीच कुटपिट हुदाँ चारजना घाइते भए । तनाव सिर्जना भएको घटनामा नेविसंघको नेतृत्व गर्ने रावल हरि आचार्य नेतृत्वको नेविसंघ कमिटी सचिव हुन् ।
यसै सन्दर्भमा त्रिविले विज्ञप्ति जारी गर्दै विश्वविद्यालय जस्तो प्राज्ञिक थलोमा दैनिकजसो पदाधिकारीलाई धम्क्याउने, तालाबन्दी गर्ने र तोडफोडजस्ता क्रियाकलाप हुने गरेको भन्दै सरकारसँग शान्ति सुरक्षाको माग पनि गरेका थिए ।
त्रिभुवन विश्वविद्यालयमा
आचार्य पनि शिक्षक कुटपिट घटनाका मुख्य योजनकार हुन् ।
शिक्षा हासिल गर्ने र शान्ति सुरक्षामा गम्भीर असर परेको भन्दै मुद्दा फिर्ता लिएमा ‘शान्ति सुरक्षा र अमनचयन कायम हुने’ महान्यायाधीवक्ताको कार्यालयले राय दिएको थियो ।
सह–प्राध्यापक चलाउने चाहिँ सरकारले उनीहरुको मुद्दा फिर्ता लिए त्रिविमा गुण्डाराज झन् संस्थागत हुने बताउँछन् । उनी भन्छन्, ‘अहिले जुन राय लेखेर मुद्दा फिर्ता लिन खोजिँदैछ, यसले विश्वविद्यालयमा जसलाई चाह्यो त्यसलाई हान्न, मार्न पाउनुपर्छ । तालाबन्दी गरेर नियुक्ति, सम्बन्धन, सरुवा बढुवा र आफ्ना मान्छेलाई जागिर खुवाउन पाइरहनुपर्छ । गुण्डाराज कायम गर्न पाउनु पर्छ । हामीलाई कारबाही भयो भने विश्वविद्यालयमा शान्ति र अमनचयन खलबलिन्छ ! भन्ने सन्देश जान्छ ।’
आरोपित रावल चाहिँ त्रिवि उपकुलपति धर्मकान्त बाँस्कोटाले अनेरास्ववियूका कार्यकर्ता प्रयोग गरेर ढुंगा हान्न लगाएपछि तनाव भएको बताउँछन् । ‘बाहिर शान्तिपूर्ण प्रदर्शन गरिरहेका बेला उपकुलपतिले अनेरास्ववियुलाई ढुंगा हान्न लगाउनु भएर लड्नको लागि निम्ता दिनुभयो, त्यो हामीलाई स्वीकार्य छ’ उनले अनलाइनखबरसँग भने ।
त्रिवि प्रशासनले प्रहरीको सहयोगले कुनै अप्रिय घटना हुन नपाएको जनाएको छ । नेविसंघका कार्यकर्ताहरु शुक्रबार जमलस्थित एक होटलमा बसेको त्रिवि कार्यकारी परिषद्को बैठकमा पनि जबरजस्ती प्रवेश गरेर कागजातहरु खोसेर लगेका थिए ।
बेलुकी साढे ४ बजे नेविसंघमा आबद्ध विद्यार्थी हौं भन्दै गएका उनीहरुले उपस्थित पदाधिकारीलाई दुर्व्यवहार गरेको विश्वविद्यालयले जनाएको छ ।
क्याटेगोरी : समाचार
ट्याग : #त्रिभुवन विश्वविद्यालय, #शान्ति सुरक्षाको माग गर्दै त्रिवि
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ३एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ४सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ५काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ६तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ७काठमाडौं ५ मा ईश्वर पोखरेलनै उठ्ने, ७ र ९ मा पनि टुंगियो
- ८रास्वपा टोखा नगर सभापति काफ्लेले छोडे पार्टी, दलगत झण्डा नबोक्ने घोषणा






तपाईको कमेन्ट लेख्नुहोस्