चीनले दबाब दिइरह्यो तर अमेरिकाका दुई युद्धपोत ताइवान नजिकैबाट गए
अन्तराष्ट्रिय । अमेरिकी नौसेनाले आफ्ना दुई युद्धपोत ताइवानको नजिकैबाट गएको बताएको छ । न्यान्सी पेलोसीको ताइवान भ्रमणपछि अमेरिकाले यस्तो कारबाही सुरु गरेको यो पहिलो पटक हो ।
अमेरिकी सदनकी सभामुख न्यान्सी पेलोसीले अगस्टको सुरुमा ताइवानको भ्रमण गरेपछि चीनले कडा आपत्ति जनाउँदै आईरहेको छ । यद्यपि ताइवानसँग पश्चिमी देशहरूको नौसेनाको युद्ध अभ्यास कुनै नयाँ कुरा भने होइन । यस्ता अभ्यासहरु विगतमा धेरै देशहरूले यस क्षेत्रमा गर्ने गरेको पाइन्छ ।
यसप्रति चीनले कडा प्रतिक्रिया दिँदै, यो उत्तेजक कार्य भएको बताएको छ । साथै, ताइवान चीनको अभिन्न अंग भएको पनि यसमा बताइएको छ ।
क्याटेगोरी : अन्तर्राष्ट्रिय, समाचार
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ३एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ४सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ५तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ६काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ७काठमाडौं ५ मा ईश्वर पोखरेलनै उठ्ने, ७ र ९ मा पनि टुंगियो
- ८रास्वपा टोखा नगर सभापति काफ्लेले छोडे पार्टी, दलगत झण्डा नबोक्ने घोषणा






तपाईको कमेन्ट लेख्नुहोस्