Techie IT
सोमबार, वैशाख २२,२०८२

राष्ट्रिय प्रजातन्त्र पार्टीद्वारा आयल निगम विरुद्ध विरोध प्रदर्शन


काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीले आयल निगमको विरुद्ध विरोध प्रदर्शन गरेका छन् ।
आज काठमाडौंको माइतीघरमा राप्रपाले पेट्रोलियम पदार्थ सस्तोमा किनेर महंगोमा बिक्रि गरेको भन्दै आयल निगमको विरुद्ध बिरोध प्रदर्शन गरेको हो ।

उक्त विरोध प्रदर्शनमा बोल्दै राप्रपाको काठमाडौं जिल्ला अध्यक्ष नवराज सिमखडाले ठूला पदमा भएका कर्मचारीलाई निःशुल्क पेट्रोल वितरण भएको कारणले गरिब जनता मारमा परेको बताए ।
उनले राज्यले लगायको ६० प्रतिशतभन्दा बढिको कर छुट गर्ने हो भने जनताले सस्तो मूल्यमा पेट्रोल पाउने दाबी पनि गरे ।

सरकारले चलाएको संस्था व्यापारिक संस्था होईन, त्यसमाथि पनि समायोजन गरिरहेको छ । घाटा के मा परेको छ भने ठूला पदमा रहेकाहरुलाई फ्रिमा पेट्रोल दिने, घर घरमा पेट्रोल पुराइ दिने र उनिहरुलाई गाडीहरु दिने विविध सुविधाहरु दिएको कारणले पेट्रोलको मूल्य बढेको छ भने राज्यले ६० प्रतिशतभन्दा बढि कर लगाको कारणले पनि बढेको छ ।
उनले करिब डेढ महिनादेखि घट्दै आएको पेट्रोलीयम पदार्थको मूल्य आयाल निगमले नेपाली जनताहरुको लागि नघटाएर कारण सडकमा आएको बताए ।
राप्रपाको विरोध पेट्रोलीयम पदार्थको मूल्य वृद्धि, नागरिकता विधेक, महंगी, कालो बजारी र भ्रष्टाचारको विरुद्धमा रहेको पनि उनले उल्लेख गरे ।


क्याटेगोरी : समाचार
ट्याग : #आयल निगम विरुद्ध विरोध प्रदर्शन, #राष्ट्रिय प्रजातन्त्र पार्टी


तपाईको कमेन्ट लेख्नुहोस्


Kathmandu, NP
18°
Mostly Cloudy
5:19 am6:41 pm +0545