Techie IT
मंगलबार, मंसीर २,२०८३

उपत्यकामा एकैदिन २ हजार ९ सय ५९ जना सवारी चालक कारवाहीमा


काठमाडौं । काठमाडौं उपत्यकामा एकैदिन २ हजार ९ सय ५९ जना सवारी चालकलाई ट्राफिक प्रहरीले कारवाही गरेको छ ।
कारवाहीमा पर्नेमा मदिरा पिएर सवारी साधन चलाउने २४२ जना, फुटपाथमा पार्किङ गर्ने २१५ जना, अनावश्यक हर्न बजाउने २०९ जना, तीव्र गतिमा सवारी साधन चलाउने १९३ जना र जथाभावी यात्रु चढाउने तथा ओराल्ने ९१ जना सवारी चालक रहेका छन् ।
यस्तै ढोका खुल्लै राखेर सवारी चलाउने ८३ जना, रातो बत्तीको उल्लङ्घन गर्ने ७६ जना, लेन उल्लङ्घन गर्ने ४९ जना, अवस्था ठीक नभएका सवारी साधन चलाउने ६० जना र क्षमता भन्दा बढी यात्रु राख्ने ३० जना चालकलाई पनि कारवाही गरिएको काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयले जनाएको छ ।

 


क्याटेगोरी : समाचार
ट्याग : #उपत्यकामा एकैदिन २ हजार ९ सय ५९ जना सवारी चालक कारवाहीमा


तपाईको कमेन्ट लेख्नुहोस्