चमती आयोजना उपभोक्तालाई हस्तान्तरण गर्नु पर्नेमा मेयर शाहको जोड

काठमाडौँ । चमती जग्गा एकीकरण आयोजना उपभोक्तालाई हस्तान्तरण गर्नु पर्नेमा काठमाडौँ महानगरका प्रमुख बालेन्द्र शाह (बालेन) ले जोड दिनुभएको छ । प्रमुख शाहको अध्यक्षतामा बसेको जग्गा व्यवस्थापन उपसमितिको ४३ औँ बैठकमा उहाँले यस्तो बताउनुभएको हो ।
बैठकले आउँदो ३ महिनाभित्र आयोजना हस्तान्तरण गर्ने गरि प्रक्रिया अगाडि बढाउने निर्णय गरेको छ । त्यस्तै आयोजनाका लागि आ. ब. २०७९÷०८० का लागि ३५ करोड ६९ लाख १६ हजार रुपैयाँ स्वीकृत गरेको छ । प्रशासनिक भवन निर्माण गर्ने सम्बन्धमा भएको छलफलमा बालाजुतर्पm र स्वयम्भुतर्पm एक एक वटा भवन निर्माण गर्ने निर्णय गरेको छ । आयोजनाका प्रमुख एवं उपसमितिका सदस्य सचिव रामबाबु महतोकाअनुसार आयोजना क्षेत्रको केही ब्लकमा बाटो संशोधन गर्ने, नेवाः देय दबुलाई आयोजनाको न्युनतम टेण्डर मूल्यमा ५० प्रतिशत रकम थप गरेर जग्गा दिनेलगायत निर्णय गरिएका छन् ।
आयोजनाबाट फिर्ता हुने विकसित घडेरीमा नगद योगदान गर्नुपर्नेमा आर्थिक अवस्था कमजोर भएका कारण नगद दिन नसक्ने घरधनीका सम्बन्धमा अध्ययन गर्न बनेको अध्ययन कार्यदललाई बैठकले अनुमोदन गरेको छ । साउन ९ गते बसेको सहयोग समितिको बैठकले देवरत्न डंगोलको संयोजकत्वमा ५ सदस्यीय अध्ययन कार्यदल गठन गरेको थियो । कार्यदलको सदस्य सचिवमा कानुन अधिकृत समिता श्रेष्ठ हुनुहुन्छ ।
मोतीकाजी महर्जनको निवेदकमा छलफल गर्दै बैठकले जग्गा दिने निर्णय गरेको छ । यस्तै विष्णुमती नदी किनारालाई खुल्ला क्षेत्रका कायम गरी पार्क निर्माण गर्ने, आयोजनामा रहेका करार कर्मचारी अवकास हुँदा सेवा अवधि अनुसार रकम दिने निर्णय गरिएको छ ।
क्याटेगोरी : समाचार
ट्याग : #चमती जग्गा एकीकरण आयोजना, #बालेन्द्र शाह
धेरै पढिएका
- १एमालेका नेता कार्यकर्ताले किन सेयर गरिरहेका छन् ‘म झोले हो’ पोस्टर ?
- २एमाले काठमाडौ जिल्ला कमिटीमा ४३ सदस्य मनोनित (सूचि सहित)
- ३राष्ट्रिय युवा संघ नेपालको १० औं महाधिवेशन : अध्यक्ष देखी सदस्य सम्म कसले कति मत पाए ? (सूचि सहित )
- ४टोखामा मेयर प्रकाश अधिकारीको २० उदारणीय काम , जसकै देशैभर चर्चा परिचर्चा हुने गर्दछ (सूचि सहित )
- ५नेकपा एमाले काठमाडौं जिल्ला कमिटीमा जिम्मेवारी हेरफेर, १३८ वडामा नयाँ इन्चार्ज तोकिए , हेर्नुहोस को को ?
- ६तारकेश्वर नगरपालिकाद्वारा फूटबलका पूर्व फिफा रेफ्री राजेश श्रेष्ठ सम्मानित
- ७टोखा झोरमा गोली चल्यो , प्रहरीलद्धारा गोठाटार हत्याकाण्डका अभियुक्त पक्राउ
- ८तारकेश्वरमा काग्रेसकै मेयर र वडाध्यक्ष बिच विवाद , कार्यकारी पनि असन्तुष्ट हुँदा जनताका काम प्रभावित
तपाईको कमेन्ट लेख्नुहोस्