एमालेको केन्द्रीय निर्वाचन परिचालन कमिटीको बैठक आज बस्दै
काठमाण्डौ । नेकपा (एमाले)को केन्द्रीय निर्वाचन परिचालन कमिटीको बैठक आज बस्दैछ ।
अध्यक्ष केपी शर्मा ओलीको अध्यक्षतामा गठित केन्द्रीय निर्वाचन परिचालन कमिटीको बैठक विहान ११ बजे पार्टी केन्द्रीय कार्यालय, च्यासलमा बस्न लागेको हो । बैठकमा नजिकिँदै गरेको संघ र प्रदेश निर्वाचनलाई लक्षित गरी विभिन्न योजना तय गर्ने तयारी छ ।
कमिटीमा केन्द्रीय कमिटीका सदस्यहरु, केन्द्रीय निकाय (परिषद् र आयोग) का पदाधिकारीहरु, प्रदेश कमिटीका अध्यक्षहरू, जनसंगठनका अध्यक्ष र महासचिवहरू र पार्टीका केन्द्रीय विभागका सचिवहरु सदस्य रहेका छन् ।
यसअघि हिजो केन्द्रीय कमिटीको बैठक सम्पन्न भएको थियो । बैठकले प्रतिनिधिसभाको निर्वाचनमा अध्यक्ष ओलीलाई प्रधानमन्त्रीको रुपमा अघि सार्नेलगायतका महत्वपूर्ण निर्णयहरु गरेको थियो ।
क्याटेगोरी : राजनीति, समाचार
ट्याग : #breaking, #नेकपा एमाले
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २टोखा–छहरे सुरुङमार्गले धेरै बस्ती मापदण्डका कारण समस्यामा पर्ने भएकाले विकल्प खोज्न मन्त्री खनालको प्रस्ताव
- ३काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ४एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ५सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ६तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ७काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ८रास्वपा टोखा नगर सभापति काफ्लेले छोडे पार्टी, दलगत झण्डा नबोक्ने घोषणा






तपाईको कमेन्ट लेख्नुहोस्