भावी प्रधानमन्त्री प्रचण्ड हुन्: शक्ति बस्नेत
काठमाडौं । नेकपा (माओवादी केन्द्र)का नवनियुक्त उपमहासचिव शक्ति बहादुर बस्नेतले गठबन्धनको सीट बाँडफाँट सबैलाई स्वीकार्य हुनेगरी मिल्ने बताएका छन् ।
उनले अहिले सीट बाँडफाँटबारे गम्भीर रूपमा छलफल चलिरहेको र छिट्टै निष्कर्षमा पुगिने विश्वास समेत व्यक्त गरेका छन् । गठबन्धनको सीट बाँडफाँटबारे अहिले गठबन्धनमा आवद्ध दलहरूको तर्फबाट प्रस्तावमाथि छलफल भइरहेको उनको भनाइ छ ।
उनले सीट बाँडफाँटबारे स्थानीय तहको निर्वाचनमा पनि समस्या थियो र त्यसलाई हल गरिएको सुनाउँदै अहिले संघको निर्वाचनमा पनि सीट बाँडफाँट मिल्ने बताए । उनले भने, ‘गठबन्धन आजको आवश्यकत्ता हो कि होइन भन्ने कुरा पहिले बुझ्नुपरयो । अहिले सबै दल गठबन्धन गरेर जाने निष्कर्ष निकालेका छन् । त्यसैले सीट बाँडफाँट मिल्छ ।’
उनले काङ्ग्रेस १६५ सीटमै उम्मेदवार खडा गर्ने पार्टी भएको र माओवादी केन्द्र पनि त्यस्तै पार्टी भएकाले सीट बाँडफाँट ठूलो समस्या नभएको जिकिर गरे । उनले माओवादी केन्द्रको तर्फबाट भावी प्रधानमन्त्रीको रूपमा अध्यक्ष प्रचण्डकै नेतृत्वमा आफूहरू चुनावमा सहभागी हुने सुनाए ।
नेता बस्नेतले पाँच वर्षको अवधि सम्पूर्ण समस्या समाधान गर्ने अवधि नभए पनि पाँच वर्ष केही पनि भएको छैन भन्ने नभएको सुनाए । उनले शिक्षा, स्वास्थ्य र आर्थिक विकासको क्षेत्रमा परिवर्तन भएको दाबी गरेका छन् ।
क्याटेगोरी : राजनीति, समाचार
ट्याग : #शक्ति बस्नेत
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २टोखा–छहरे सुरुङमार्गले धेरै बस्ती मापदण्डका कारण समस्यामा पर्ने भएकाले विकल्प खोज्न मन्त्री खनालको प्रस्ताव
- ३काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ४एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ५सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ६तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ७काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ८रास्वपा टोखा नगर सभापति काफ्लेले छोडे पार्टी, दलगत झण्डा नबोक्ने घोषणा






तपाईको कमेन्ट लेख्नुहोस्