Techie IT
मंगलबार, मंसीर २,२०८३

गोली प्रहारबाट एकको मृत्यु


काठमाडौं । कपिलवस्तुमा गोली प्रहारबाट एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा मायादेवी गाउँपालिका– ६ मदराहवा बस्ने ५० घुरहु पासी रहेका छन् ।
सोही गाउँपालिका–५ महादेवस्थितमा हाल नम्बर नखुलेको मोटरसाइकलमा सवार अपरिचित व्यक्तिले गोली प्रहार गर्दा गम्भीर घाइते भएका उनको कपिलवस्तु जिल्ला अस्पतालमा उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।
प्रहरीले गोली प्रहार गर्ने व्यक्तिको खोजी गर्नुको साथै यस सम्बन्धमा थप अनुसन्धान गरिरहेको छ ।


क्याटेगोरी : समाचार
ट्याग : #गोली प्रहारबाट एकको मृत्यु


तपाईको कमेन्ट लेख्नुहोस्