तारकेस्वरमा आज एमालेलको तिज उत्सवमा वडागत नाच र प्रतिभा प्रस्तुत हुँदै
हरितालिका तिजको अवसरमा तारकेश्वरको नेपालटार स्थीत कान्तिपुर एवी पार्टी प्यालेसमा अवस्थित तिज उत्सव कार्यक्रम २०७९ आज हुने भएको छ । नेकपा एमाले तारकेश्वर नगर कमिटि तथा अनेम संघको अनेम संघ तारकेश्वर नगरकमिटिद्धारा विभिन्न कार्यक्रमका आयोजना गरी तिज उत्सव आयोजना गर्न लागेको एमाले नेतृ साबित्रा शर्माले बताउनुभयो ।
हरेक वर्ष अनेमसंघले विविध साँस्कृतिक कार्यक्रम गर्दै आएकोमा यस वर्ष पनि तिज उत्सव गर्ने र समाजमा लुकेर रहेका महिलाको प्रतिभा उजागर गरी महिला जागरणका साथै महिला शसक्तिकरणमा सघाउ पुर्याउने लक्ष्य रहेको एमाले तारकेश्वर नगर कमिटिका अध्यक्ष बासु गौतमले बताउनु भयो ।
तिज उत्सवलाई सफल बनाउन तारकेश्वरको ११ वटै वडाहरुबाट महिलाहरुको बिषेस उपस्थीती रहने छ भने एमालेका बिभिन्न नेता तथा कार्यकर्ताको सहभागी हुनेछ ।
कार्यक्रम आज बिहान १०ः३० बाट सुरु हुनेछ ।
क्याटेगोरी : समाचार
ट्याग : #आज एमालेलको तिज उत्सवमा वडागत नाच र प्रतिभा प्रस्तुत हुँदै
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २टोखा–छहरे सुरुङमार्गले धेरै बस्ती मापदण्डका कारण समस्यामा पर्ने भएकाले विकल्प खोज्न मन्त्री खनालको प्रस्ताव
- ३काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ४एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ५सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ६तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ७तारकेश्वर साङ्गला पटापुमा ईभी गाडीभित्र महिलाको शव फेला, प्रहरीले सुरु गर्यो सबै कोणबाट अनुसन्धान
- ८काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा






तपाईको कमेन्ट लेख्नुहोस्