प्रभु अडिट फर्ममा छापा, कागजात र कम्प्युटर नियन्त्रणमा
वीरगञ्ज । राजस्व अनुसन्धान विभाग काठमाडौँबाट खटिएको टोलीले बाराको कलैयास्थित प्रभु साह कानुले सञ्चालन गरेको अडिट फर्ममा छापा मारी कागजात र कम्प्युटर नियन्त्रणमा लिएको छ ।
फर्मद्वारा नक्कली भ्याट बिल जारी गरी करोडौँको राजस्व छली गरेको तथा नक्कली अडिटको सही, छाप र हस्ताक्षर गरी बारा, पर्साका दर्जनौँ औद्योगिक तथा व्यापारिक फर्मको अडिट गर्दै आएका सूचनाको आधारमा राजस्व अनुसन्धान विभागबाट खटिएको टोलीले आवश्यक कागजात र कम्प्युटर नियन्त्रणमा लिएको राजस्व अनुसन्धान विभागका उप महानिर्देशक एवं प्रवक्ता प्रद्युम्न प्रसाद उपाध्यायले जानकारी दिनुभयो ।
बाराको प्रसौनी गाउँपालिका ६ निवासी कानुले लामो समयदेखि प्रशिक्षार्थी अडिटरको प्रयोग गरी बारा, पर्साका औद्योगिक कलकारखाना, व्यापारिक फर्महरूको अडिट गर्दै आएको र नक्कली भ्याट बिल, अडिटको सही छापा र हस्ताक्षर समेत गरी राजस्व छल्दै आएको भेटिएपछि विभागबाट खटिएको टोलीले कागजात नियन्त्रणमा लिएको तर कानु भने फरार रहेको प्रवक्ता उपाध्यायले जानकारी दिनुभयो ।
कानु जस्तै बारा, पर्सामा नक्कली अडिट फर्म खोलेर राजस्व छल्ने ठूलो गिरोह रहेको र यो घटनापछि नक्कली अडिट गर्ने फर्म खोलेका व्यक्तिहरूबिच खैलाबैला मच्चिएको छ ।
क्याटेगोरी : अपराध/सुरक्षा, समाचार
ट्याग : #प्रभु अडिट फर्ममा छापा
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २टोखा–छहरे सुरुङमार्गले धेरै बस्ती मापदण्डका कारण समस्यामा पर्ने भएकाले विकल्प खोज्न मन्त्री खनालको प्रस्ताव
- ३काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ४एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ५सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ६तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ७काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ८रास्वपा टोखा नगर सभापति काफ्लेले छोडे पार्टी, दलगत झण्डा नबोक्ने घोषणा






तपाईको कमेन्ट लेख्नुहोस्