Techie IT
शुक्रबार, वैशाख २६,२०८२

प्रभु अडिट फर्ममा छापा, कागजात र कम्प्युटर नियन्त्रणमा


वीरगञ्ज । राजस्व अनुसन्धान विभाग काठमाडौँबाट खटिएको टोलीले बाराको कलैयास्थित प्रभु साह कानुले सञ्चालन गरेको अडिट फर्ममा छापा मारी कागजात र कम्प्युटर नियन्त्रणमा लिएको छ ।

फर्मद्वारा नक्कली भ्याट बिल जारी गरी करोडौँको राजस्व छली गरेको तथा नक्कली अडिटको सही, छाप र हस्ताक्षर गरी बारा, पर्साका दर्जनौँ औद्योगिक तथा व्यापारिक फर्मको अडिट गर्दै आएका सूचनाको आधारमा राजस्व अनुसन्धान विभागबाट खटिएको टोलीले आवश्यक कागजात र कम्प्युटर नियन्त्रणमा लिएको राजस्व अनुसन्धान विभागका उप महानिर्देशक एवं प्रवक्ता प्रद्युम्न प्रसाद उपाध्यायले जानकारी दिनुभयो ।

बाराको प्रसौनी गाउँपालिका ६ निवासी कानुले लामो समयदेखि प्रशिक्षार्थी अडिटरको प्रयोग गरी बारा, पर्साका औद्योगिक कलकारखाना, व्यापारिक फर्महरूको अडिट गर्दै आएको र नक्कली भ्याट बिल, अडिटको सही छापा र हस्ताक्षर समेत गरी राजस्व छल्दै आएको भेटिएपछि विभागबाट खटिएको टोलीले कागजात नियन्त्रणमा लिएको तर कानु भने फरार रहेको प्रवक्ता उपाध्यायले जानकारी दिनुभयो ।

कानु जस्तै बारा, पर्सामा नक्कली अडिट फर्म खोलेर राजस्व छल्ने ठूलो गिरोह रहेको र यो घटनापछि नक्कली अडिट गर्ने फर्म खोलेका व्यक्तिहरूबिच खैलाबैला मच्चिएको छ ।


क्याटेगोरी : अपराध/सुरक्षा, समाचार
ट्याग : #प्रभु अडिट फर्ममा छापा


तपाईको कमेन्ट लेख्नुहोस्


Kathmandu, NP
22°
Fair
5:16 am6:43 pm +0545