Techie IT
शनिबार, असार ७,२०८२

सिन्धुपाल्चोकमा माओवादीलाई धक्का, चौतारा साँगाचोकगढीका पूर्वमेयर तामाङ एमाले प्रवेश


काठमाडौं । सिन्धुपाल्चोकको चौतारा साँगाचोकगढी नगरपालिकाका पूर्वमेयर अमानसिंह तामाङले नेकपा माओवादी केन्द्र परित्याग नेकपा एमालेमा प्रवेश गरेका छन्।

एमाले पार्टी केन्द्रीय कार्यालयमा सिन्धुपाल्चोक जिल्ला कमिटीद्वारा आयोजित पार्टी प्रवेश कार्यक्रममा अध्यक्ष केपी शर्मा ओलीले तामाङसहित सिन्धुपाल्चोकका माओवादी नेता कार्यकर्ताहरुलाई पार्टी प्रवेश गराएका हुन्। पार्टीले जिम्मेवारी बाँडफाँटमा आफ्नो मूल्यांकन नगरेको, परिवारवाद हावी भएको र जनजातीको पार्टी नरहेको भन्दै माओवादी छाडेका हुन्। उनले एमालेको केन्द्रिय समितिमा सिन्धुपाल्चोकबाट ४ जनामा २ जना तामाङ समुदायको र २ जना खस आर्य समुदाय भएको तर माओवादीको केन्द्रिय समितिमा ८ जना रहेकोमा सबै खसआर्यबाट मात्रै रहेको उदाहरण दिए । तामाङ ०७४ को निर्वाचनमा माओवादी केन्द्रबाट मेयरमा निर्वाचित भएका थिए।

तामाङले भने, ‘मैले ३८ बर्ष दु:ख गरेको पार्टीले त केही दिएन, केही भएन ३८ मिनेट पनि कुनै दु:ख नगरेको पार्टीले केहि दिन्छ भन्ने छैन` उनले भने ´राजनीतिक रूपमा नै माओवादी बिचलित भएकोले माओवादी छोडेको हो ।


क्याटेगोरी : राजनीति, समाचार
ट्याग : #hot, #अमानसिंह तामाङ, #केपी शर्मा ओली, #पूर्वमेयर तामाङ एमाले प्रवेश


तपाईको कमेन्ट लेख्नुहोस्


Kathmandu, NP
25°
Mostly Cloudy
5:07 am7:03 pm +0545