Techie IT
सोमबार, वैशाख २२,२०८२

आयोगले निर्वाचनको तयारी र आचारसंहिताबारे राजनीतिक दलहरूसँग छलफल गर्ने


काठमाडौं । निर्वाचन आयोगले आगामी मंसिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनको तयारी र आचारसंहिताबारे राजनीतिक दलहरूसँग छलफल गर्ने भएको छ ।

आयोगले आज साढे ११ बजे छलफलका लागि दलहरुलाई आयोगको कार्यालय कान्तिपथमा बोलाएको हो ।

आयोगले प्रतिनिधिसभा र प्रदेशसभामा प्रतिनिधित्व गर्ने सबै राजनीतिक दलका प्रतिनिधिलाई बोलाएको हो ।

यसअघि आयोगले निर्वाचन सम्पन्न गर्न अनुमानित १० अर्ब बजेट लाग्ने भन्दै अर्थमन्त्रालयमा स्वीकृतिका लागि पठाइसकेको छ । त्यस्तै ५०३ प्रकारका मतपत्र हुने आयोगले जनाएको छ ।


क्याटेगोरी : समाचार
ट्याग : #निर्वाचन आयोग


तपाईको कमेन्ट लेख्नुहोस्


Kathmandu, NP
18°
Mostly Cloudy
5:19 am6:41 pm +0545