काठमाडौँ महानगर प्रहरी बलको प्रमुखमा पाण्डे
काठमाडौँ । काठमाडौँ महानगरपालिका नगर प्रहरी बलको प्रमुखमा नगर प्रहरी उपरीक्षक राजुनाथ पाण्डेले कार्यभार सम्हाल्नु भएको छ । भदौ २ गतेको निर्णयअनुसार उहाँले हिजो (भदौ ५ गतेबाट) पदबहाली गर्नुभएको हो ।
पदबहाली लगत्तै उहाँले सहरी सुव्यवस्थापनका लागि नगर प्रहरीहरुलाई व्रिफिङ् गर्नुभएको थियो ।
पाण्डे २०५० सालमा नगर प्रहरी सेवामा प्रवेश गर्नुभएको हो ।
२०७७ सालमा उहाँको नगर प्रहरी नायव उपरीक्षकबाट नगर प्रहरी उपरीक्षकमा पदोन्नति भएको थियो ।
२०७७ फागुन ४ गते बसेको विशेष नगर सभाबाट पारित भएको ‘काठमाडौं महानगरपालिका कर्मचारी समायोजन ऐन — २०७७’ को व्यवस्थाबाट समायोजन हुने क्रममा उहाँको पदोन्नति भएको हो । त्यस ऐनबाट महानगरमा कार्यरत १५ सय ५० कर्मचारीहरुको १ तह माथिको पदमा समायोजन भएको थियो ।
क्याटेगोरी : अपराध/सुरक्षा, समाचार
ट्याग : #काठमाडौँ महानगर प्रहरी बलको प्रमुखमा पाण्डे, #काठमाडौँं महानगरपालिका, #काठमाडौँ महानगरपालिका नगर प्रहरी बल
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २टोखा–छहरे सुरुङमार्गले धेरै बस्ती मापदण्डका कारण समस्यामा पर्ने भएकाले विकल्प खोज्न मन्त्री खनालको प्रस्ताव
- ३काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ४एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ५सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ६तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ७काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ८रास्वपा टोखा नगर सभापति काफ्लेले छोडे पार्टी, दलगत झण्डा नबोक्ने घोषणा






तपाईको कमेन्ट लेख्नुहोस्