Techie IT
बुधबार, मंसीर ३,२०८३

कल्याणपुर नगरपालिकामा आज शोक बिदा


लहान। नेपाली कांग्रेसका नेता एवं प्रतिनिधिसभा सदस्य प्रदीप गिरीको निधनमा सिरहाको कल्याणपुर नगरपालिकाले आज शोक बिदा दिएको छ । कल्याणपुर नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत विष्णु रन्जन बरालद्वारा जारी सूचनामा नेता गिरीको निधनमा नगरपालिकाले शोक बिदा दिएको उल्लेख छ ।

लहान नगरपालिका–१४ निवासी गिरीको निधनमा लहानले आइतबार सार्वजनिक बिदा दिएको थियो । भारतको मुम्बईमा क्यान्सरको उपचार गरेर फर्किएका गिरीको स्वास्थ्यमा समस्या देखिएपछि साउन दोस्रो साता मेडिसिटी अस्पताल नख्खुमा भर्ना गरिएको थियो । उहाँको शनिबार राति उपचारकै क्रममा निधन भएको थियो ।


क्याटेगोरी : समाचार
ट्याग : #कल्याणपुर नगरपालिका, #कल्याणपुर नगरपालिकामा शोक बिदा


तपाईको कमेन्ट लेख्नुहोस्