एमालेको मधेश प्रदेश सम्पर्क कमिटीको भेला तथा प्रशिक्षण सम्पन्न
काठमाडौं । नेकपा (एमाले) मधेश प्रदेश सम्पर्क कमिटीद्वारा शनिवार राजधानीमा अगुवा कार्यकर्ता भेला तथा प्रशिक्षण कार्यक्रम आयोजना गरियो ।
उक्त भेला तथा प्रशिक्षणमा मधेश प्रदेश अन्तर्गत आठवटै जिल्लाका सम्पर्क कमिटीका पदाधिकारी लगायत अगुवा कार्यकर्ताहरूको सहभागिता रहेको थियो ।
पार्टीका उपाध्यक्ष युवराज ज्ञवाली र स्थायी कमिटी सदस्य लालबाबु पण्डितले भेलामा सहभागी कार्यकर्तालाई प्रशिक्षण दिनुभएको थियो ।
उहाँहरूले आगामी निर्वाचनमा पार्टीलाई बहुमत प्राप्त हुने गरी विजयी गराउने काममा आजैदेखि परिचालित हुन कार्यकर्तालाई निर्देशन दिनुभयो ।
एकातिर स्वार्थको गठजोडका रूपमा पाँचदलीय गठबन्धन रहेको र अर्कोतर्फ देश र जनताको हितका लागि क्रियाशील हाम्रो पार्टी एमाले रहेको चर्चा गर्दै नेताहरूले मुलुकलाई बर्बादीको दिशामा जानबाट रोक्न र देशलाई विकास तथा समृद्धिको दिशामा अगाडि बढाउन निर्वाचनमा पार्टीले विजय प्राप्त गरी सरकार गठन गर्नुपर्ने हुँदा एकताबद्ध रूपमा निर्वाचनमा खट्न आग्रह गर्नुभयो ।
नेकपा (एमाले) मधेश प्रदेश सम्पर्क कमिटीका अध्यक्ष मोहम्मद जाकिर हुसेनको अध्यक्षतामा सम्पन्न भेला तथा प्रशिक्षणमा पार्टीका केन्द्रीय सदस्य नरेन्द्र श्रेष्ठ र सम्पर्क समन्वय कमिटीका संयोजक श्याम बस्नेतले पनि प्रशिक्षण दिनुभएको थियो ।
क्याटेगोरी : राजनीति, समाचार
ट्याग : #hot, #नेकपा एमाले, #मधेश प्रदेश सम्पर्क कमिटीको भेला तथा प्रशिक्षण सम्पन्न
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २टोखा–छहरे सुरुङमार्गले धेरै बस्ती मापदण्डका कारण समस्यामा पर्ने भएकाले विकल्प खोज्न मन्त्री खनालको प्रस्ताव
- ३काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ४एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ५सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ६तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ७काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ८रास्वपा टोखा नगर सभापति काफ्लेले छोडे पार्टी, दलगत झण्डा नबोक्ने घोषणा






तपाईको कमेन्ट लेख्नुहोस्