नागरिकता विधेयक ‘हेड काउन्ट’ गर्ने विषय होईन : प्रदीप ज्ञवाली
काठमाडौं । एमाले उपमहासचिव प्रदीप ज्ञवालीले सत्तासँग बहुमत भएपनि नागरिकता विधेयक ‘हेड काउन्ट’ गर्ने विषय नभएको बताएका छन् ।
आज बसेकोे प्रतिनिधिसभा बैठकमा बोल्दै उनले राष्ट्रपतिले फिर्ता गरेको नागरिकता विधेयकमाथि राष्ट्रपतिको सन्देशमा उठाइएको प्रत्येक प्रश्नलाई गम्भीर रुपमा लिनुपर्ने बताएका छन् ।
यस्तो संवेदनशील विषयलाई लिएर देश र जनमतलाई विभाजन गर्ने काम गर्नु उचित नहुने यदि टाउकोको गिन्तिका आधारमा गर्ने हो भने यसको परिणाम राम्रो नहुने ज्ञवलीको भनाई छ ।
‘यस्तो संवेदनशील विषयलाई लिएर देश र जनमतलाई विभाजन गर्ने काम गर्नु उचित हुन्न । हामीलाई अहिले एउटा अवसर प्राप्त भएको छ । छिटोभन्दा छिटो यो टुंग्याउनु जरूरी छ । यसमा प्रमुख प्रतिपक्ष दल रचनात्मक ढंगाले सहयोग गर्न तयार छ । तर यसलाई जबरजस्ती गरेर टाउकाको गन्ती गरेर यसको आधारमा गरियो भने यसको परिणाम राम्रो हुँदैनन् ।’
छिटो भन्दा छिटो यो विषयलाई टुङग्यानु पर्ने र यो कार्य गर्न एमाले सधैं तत्पर रहने बताएका छन्
नागरिकता विधेयकलाई सर्वस्वीकार्य दस्तावेज बनाउन राष्ट्रपतिले दिएको अवसरलाई सदुपयोग गर्न माग गर्दै संसद नियमावलीअनुसार सांसदहरुलाई संशोधन हाल्ने अवसर दिनुपर्ने र जनताको प्रतिक्रिया लिनुपर्ने बताएका छन् ।
क्याटेगोरी : राजनीति, समाचार
ट्याग : #hot, #नागरिकता विधेयक ‘हेड काउन्ट’ गर्ने विषय होईन
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २टोखा–छहरे सुरुङमार्गले धेरै बस्ती मापदण्डका कारण समस्यामा पर्ने भएकाले विकल्प खोज्न मन्त्री खनालको प्रस्ताव
- ३काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ४एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ५सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ६तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ७काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ८रास्वपा टोखा नगर सभापति काफ्लेले छोडे पार्टी, दलगत झण्डा नबोक्ने घोषणा






तपाईको कमेन्ट लेख्नुहोस्