पार्टी कसैको प्राईभेट लिमिटेड होइन: डिल्लीराम सुवेदी
काठमाडौँ । नेपाली कांग्रेस नेता डा. शेखर कोइराला पक्षका भातृ संगठनहरुले एकाधिकारविरुद्ध खबरदारी भेला गरेका छन् । सभापति शेरबहादुर देउवाले पार्टी र भातृसंस्थामा एकलौटी गरेको भन्दै कोइराला पक्षको नेपाल महिला संघ, नेपाल तरुण दल, नेपाल विद्यार्थी संघ, किसान संघ र आदिवासी जनजाती महासंघले संयुक्त रुपमा खबरदारी गरेका हुन् ।
पार्टीमा भातृ संस्थाको नेतृत्वको चयन गर्दा सभापतिले पार्टीका सदस्यसँग परामर्श गर्ने निर्णय भएपनि त्यो विपरित गएपछि आवाज बुलन्द पार्ने नेविसंघका पूर्वउपाध्यक्ष डिल्लीराम सुवेदीले बताए ।
“पार्टी भित्र न्यायको सहभागीताको प्रश्न के हो । श्रद्धेय सभापति शेरबहादुर देउवा दोश्रो कार्यकालको सभापति बनिसकेपछि उहाँले गठबन्धन गरेर सिंगो देशलाई नै संबैधानिक संक्रट टार्ने र राजनीतिकै बागडोर सम्हालेको बेलामा पार्टी भित्र फरक मत राख्ने नेतृत्वहरुको फरक मत सुन्दिनु भनेर आग्रह थियो । त्यो सुनेको देखिएन । ५ वटै भातृसंस्था हेर्दा खेरी कांग्रेसको इतिहासको परम्परा, चलनचल्ति सभापति ज्यूले गर्ने निर्णय यो गिरीजाप्रसाद कोईरालाको पालादेखि शुशील कोईरालाको पालादेखि, विगतका धेरै दृष्टान्तहरु छन् । विगतका धेरै दृष्टान्तहरुमा यो चिज एकपक्षीय, एकाधिकार पूर्ण, रह्यो भन्ने मुलत हाम्रो निष्कर्ष हो ।”
सुवेदीले पार्टी कसैको प्राईभेट लिमिटेड नभएको बताउँदै कांग्रेस आम जनताको सम्पत्ति रहेको धारणा राखे ।
क्याटेगोरी : समाचार
ट्याग : #डिल्लीराम सुवेदी
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ३एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ४सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ५काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ६तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ७काठमाडौं ५ मा ईश्वर पोखरेलनै उठ्ने, ७ र ९ मा पनि टुंगियो
- ८रास्वपा टोखा नगर सभापति काफ्लेले छोडे पार्टी, दलगत झण्डा नबोक्ने घोषणा






तपाईको कमेन्ट लेख्नुहोस्