तारकेश्वरमा करारका कर्मचारी हटाउने निर्णयको एमाले संसदीय दलको घोर बिरोध : मेयरलाई बुझाए ध्यानाकर्षण पत्र
काठमाडौं । तारकेश्वर नगरपालिकाले नगरभित्रका करार कर्मचारी निकाल्ने भएपछि संघर्ष सुरु भएको छ । नगरपालिकाको साउन २९ गतेको च नं ६१६ को पत्र मार्फत सबै वडा कार्यालय र नगरका शाखाहरुलाई २०७४ सालमा नियुक्ती भएका अस्थायी कर्मचारी हटाउन पत्रचार गरेपछि एमाले संसदीय दलले बुधबार मेयर कृष्णहरि मर्हजन समक्ष ध्यानाकर्षण गराएको हो।
एमाले संसदीय दलले स्थानिय सरकार संचालन ऐन २०७४ को दफा १७ को उपदफा ३ अनुसार कुनै ठोस निणर्य बिना ब्यक्ती बिषेश नभई वडा कार्यालय मार्फत पत्र पठाई प्रचलित ऐनको धज्जी उडाएको बताएको छ ।
मैजुदा जनशक्ती घटाई नगरपालिकाको सेवा प्रवाहलाई प्रवाब पार्न नमिल्ले भन्दै यसको बैकल्पीक ब्यवस्था माथी प्रश्न उठाएको छ ।
नगरपालिकाको जनबिरोधी निणर्यलाई एमाले संसदिय दलले घोर बिरोध तथा भ्रस्सना गर्दे सो निर्णयको पुनरावलोकन गर्न माग गर्दे ध्यानाकर्षण गराएको हो ।
साउन २६ गते बसेको कार्यपालिका बैठकले साबिक गा।बि।स बाट नियुक्ती भएका स्वास्थ , शिक्षा लगायतका शाखागत कर्मचारीहरुको करार नवीकरण नगर्ने निर्णयसंगै नगरपालिकाका कर्मचारी भित्र नयाँ हलचल सुरु भएको छ ।
तारकेश्वर नगरपालिकामा कार्यरत स्थायी कर्मचारीहरूले केही समयअघि नगर प्रमुख कृष्णहरि महर्जनलाई ज्ञापनपत्र बुझाएका थिए ।

क्याटेगोरी : समाचार
ट्याग : #breaking, #तारकेश्वर नगरपालिका, #तारकेश्वर नगरपालिकाले करार कर्मचारी हटाउने, #तारकेश्वरमा करारका कर्मचारी हटाउने निर्णय, #पुनरावलोकन गर्ने माग
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २टोखा–छहरे सुरुङमार्गले धेरै बस्ती मापदण्डका कारण समस्यामा पर्ने भएकाले विकल्प खोज्न मन्त्री खनालको प्रस्ताव
- ३काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ४एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ५सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ६तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ७काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ८रास्वपा टोखा नगर सभापति काफ्लेले छोडे पार्टी, दलगत झण्डा नबोक्ने घोषणा






तपाईको कमेन्ट लेख्नुहोस्