Techie IT
बुधबार, मंसीर ३,२०८३

खोलामा डुबेर बालकको मृत्यु


बाँके । कोहलपुर नगरपालिका–११ गन्धर्वस्थित डुडुवा खोलामा डुबेर मंगलबार साँझ एक बालकको मृत्यु भएको छ ।
सोही स्थान बस्ने शक्तिमान घर्तीमगरको ७ वर्षीय छोरा बिमित घर्तीमगरको उक्त खोलामा पौडी खेल्ने क्रममा डुबेर अशक्त भएका उनको मेडिकल कलेज कोहलपुरमा उपचारको क्रममा मृत्यु भएको हो ।
यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।


क्याटेगोरी : समाचार
ट्याग : #खोलामा डुबेर बालकको मृत्यु


तपाईको कमेन्ट लेख्नुहोस्