विप्लव समूहद्वारा प्रधानमन्त्रीलाई ज्ञापनपत्र

कालिकोट । नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पाटीका केन्द्रीय सदस्य कर्णबहादुर भण्डारीले वर्तमान सरकारले आफूहरूलाई जबरजस्ती द्वन्द्वमा धकेल्न खोजेको आरोप लगाउनु भएको छ। नेपाल कम्यूनिष्ट पार्टी सहित चार राजनीतिक दलले कालिकोटका प्रमुख जिल्ला अधिकारी रामहरि शर्मामार्फत प्रधानमन्त्री शेरबहादुर देउवालाई ज्ञापन पत्र बुझाउँदै उनले यस्तो आरोप लगाउनु भएको हो।
नेपाल कम्यूनिष्ट पाटी कालिकोटका इन्चार्ज समेत रहेका नेता भण्डारीले भन्नुभयो, हामी द्वन्द्व चाहँदैनौँ । हामीले द्वन्द्वको बाटोबाट जनताको मुक्ति र व्यवस्था परिवर्तन हुन्छ भन्नेमा विश्वास गर्न छाडिसकेका छौँ । द्वन्द्वले राजनीतिक रुपमा केही उपलब्ध नहुने कुरामा ढुक्क छौँ । तर हामीले क्रान्तिको बाटो भने छाड्दैनौँ । हामी शान्तिपूर्ण तरिकाले जनताहरूलाई साथमा लिएर क्रान्ति गर्न चाहन्छौँ । तर सरकारले हामीलाई शान्तिपूर्ण राजनीतिक बाटोबाट भन्दा पनि जबरजस्ती द्वन्द्वको बाटोमा धकेल्न प्रयास गर्दैछ । यो राम्रो कुरा होइन ।
उनले ललितपुर जिल्ला अदालतबाट आफ्नो पाटीका महासचिव नेत्रविक्रम चन्द विप्लव, पार्टी प्रवक्ता खड्गबहादुर विश्वकर्मा प्रकाण्ड सहितका उच्च तहका नेताहरूका नाममा पक्राउ पुर्जी जारी गरी सरकारले आफूहरूसँग गरेको वार्ता भङ्ग गरेको बताउनुभयो । उहाँले भन्नुभयो, २०७७ साल फागुन २१ गते नेपाल सरकार र नेकपाबीच भएको ३ बुद्धे सहमति कार्यान्वयन गर्नुको साटो त्यसलाई भङ्ग गरेर नेकपामा मुख्य नेताहरूलाई पक्राउ पुर्जी जारी गर्ने र निर्वाचन घोषणा गर्ने कार्यले निर्वाचन प्रभावित बनाउने र हाम्रो पाटीलाई निर्वाचनमा सहभागी हुन नदिने देशी विदेशी षड्यन्त्र भइरहेको छ । सरकारले आफ्नो पाटीसँग गरेको सहमति पूर्ण रुपमा कार्यान्वयन गरी हामीलाई निर्वाचनमा सहभागी हुने वातावरण मिलाउन हामी माग गर्दछौँ ।
ज्ञापन पत्र बुझ्दै प्रमुख जिल्ला अधिकारी रामहरि शर्माले आफूले प्राप्त गरेको ज्ञापन पत्र जस्ताको तस्तै प्रधानमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालय पठाइदिने प्रतिबद्धता जनाउनुभयो । उनले जिल्लाका समसामयिक सवालहरू पनि क्रमिक रुपमा समाधान गर्न पहल लिने बताउनुभयो ।
क्याटेगोरी : समाचार
ट्याग : #विप्लव, #विप्लव समूहद्वारा प्रधानमन्त्रीलाई ज्ञापनपत्र
धेरै पढिएका
- १एमालेका नेता कार्यकर्ताले किन सेयर गरिरहेका छन् ‘म झोले हो’ पोस्टर ?
- २एमाले काठमाडौ जिल्ला कमिटीमा ४३ सदस्य मनोनित (सूचि सहित)
- ३राष्ट्रिय युवा संघ नेपालको १० औं महाधिवेशन : अध्यक्ष देखी सदस्य सम्म कसले कति मत पाए ? (सूचि सहित )
- ४टोखामा मेयर प्रकाश अधिकारीको २० उदारणीय काम , जसकै देशैभर चर्चा परिचर्चा हुने गर्दछ (सूचि सहित )
- ५नेकपा एमाले काठमाडौं जिल्ला कमिटीमा जिम्मेवारी हेरफेर, १३८ वडामा नयाँ इन्चार्ज तोकिए , हेर्नुहोस को को ?
- ६तारकेश्वर नगरपालिकाद्वारा फूटबलका पूर्व फिफा रेफ्री राजेश श्रेष्ठ सम्मानित
- ७टोखा झोरमा गोली चल्यो , प्रहरीलद्धारा गोठाटार हत्याकाण्डका अभियुक्त पक्राउ
- ८तारकेश्वरमा काग्रेसकै मेयर र वडाध्यक्ष बिच विवाद , कार्यकारी पनि असन्तुष्ट हुँदा जनताका काम प्रभावित
तपाईको कमेन्ट लेख्नुहोस्