अभिनेत्री करिना कपुर चुनाव लड्ने तयारीमा
बलिउडमा कलाकार होस या खेलाडी राजनितीमा कुनै न कुनै रुपमा आवद्ध भएका देखिएका छन् । बलिउडका अधिकांश पुराना कलाकारहरु राजनितीमा छन् भने खेलाडीहरु पनि । बलिउडमा आज यस्ता धेरै कलाकारहरु छन् जो राजनितीमा सक्रिय छन् भने कोही सांसददेखि मन्त्रीसमेत बनेका छन् ।
भारतमा छिट्टै आम चुनाव हुँदैछ । जहाँ भाजपादेखि लिएर कांग्रेससमेत बलिउड कलाकारहरुलाई आफनो पार्टीमा समाबेश गरी चुनाव लडाउँने तयारीमा रहेको छ । यसैबीच कांग्रेसले बलिउडकी चर्चित अभिनेत्री करिना कपुरलाई पनि चुनावी मैदानमा ल्याउँन कसरत गरिरहेको छ । उनलाई टिकट दिएर चुनाव लडाउँने कांग्रेसको तयारी छ । भोपालकी बुहारीसमेत रहेकी करिनालाई सोही ठाउँबाट चुनावमा उतारिँदैछ ।
जहाँ बिगत ४० बर्षदेखि कांग्रेसले चुनाव हार्दे आईरहेको छ । करिना भोपालको बुहारी भएको र उनको क्रेज र फ्यानफलोईङ पनि राम्रो भएकोले कांग्रेसले भोपालमा चुनाव जित्नका लागि यो बह्रमास्त्र प्रयोग गर्देछ । त्यसो त करिना घरमा पनि कांग्रेसी माहोल रहेको छ ।
सोही कारण भोपालका स्थानीय नेताहरु करिनालाई चुनावमा सशक्तरुपमा मैदानमा उर्तान चाहान्छ । त्यसोत करिना र कांग्रेसका नेता राहुल गान्धीबीच पनि रोचक नाता रहेको छ । कुनै समय करिना राहुल गान्धी भनेपछि हुरुक्क हुन्थिन् । घरको माहोल कांग्रेसी , भोपाल सुसुराली घर , राहुल गान्धीसंगको कनेक्सन यी र यस्ता कुराहरुले करिनाले चुनाव लड्ने पक्कापक्की जस्तै भएको भारतीय मिडियाहरुले जनाएका छन् ।
क्याटेगोरी : मनोरञ्जन/साहित्य
ट्याग : #करिना कपुर
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २टोखा–छहरे सुरुङमार्गले धेरै बस्ती मापदण्डका कारण समस्यामा पर्ने भएकाले विकल्प खोज्न मन्त्री खनालको प्रस्ताव
- ३काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ४एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ५सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ६तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ७काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ८रास्वपा टोखा नगर सभापति काफ्लेले छोडे पार्टी, दलगत झण्डा नबोक्ने घोषणा






तपाईको कमेन्ट लेख्नुहोस्