एमाले हार्दा राष्ट्रवाद र समाजवादको हार हुन्छ: उपाध्यक्ष ज्ञवाली
नेपालगञ्ज । नेकपा (एमाले) का उपाध्यक्ष युवराज ज्ञवालीले आगामी निर्वाचनमा एमालेले बहुमत ल्याउने बताउनुभएको छ ।
‘एमाले निर्वाचनमा पराजित हुँदा राष्ट्रवाद र समाजवाद नै पराजित हुन्छ,’ नेकपा (एमाले) बाँके जिल्ला कमिटीको आयोजनामा मंगलबार खजुरामा आयोजित वृहद कार्यकर्ता प्रशिक्षणमा उपाध्यक्ष ज्ञवालीले भन्नुभयो– ‘कम्युनिष्ट पार्टीको बर्को ओढेर काँग्रेस जिताउन आउनेहरूलाई जनताले विश्वास गर्ने छैनन् ।
उहाँले काँग्रेसलाई नेता मान्नेहरू कम्युनिष्ट हुनै नसक्ने बताउनुभयो । संसदको पुनस्र्थापना र १० बुँदे सहमतिपछि पनि पार्टी विभाजन हुनु गलत भएको उहाँको भनाई थियो ।
कार्यक्रममा पार्टीका सचिव तथा लुम्विनी प्रदेश कमिटीका इन्चार्ज छबिलाल विश्वकर्माले कार्यकर्ताको शक्तिको बलमा नेकपा (एमाले) अहिलेसम्म टिक्न सकेको भन्दै एमाले र यसको नेतृत्वप्रति जन विश्वास कायम रहेको बताउनुभयो ।
नेकपा (एमाले) बाँकेका अध्यक्ष किस्मत कक्षपतिको अध्यक्षतामा भएको कार्यक्रममा केन्द्रीय सदस्य तथा बाँके जिल्ला इन्चार्ज सूर्य ढकाल, केन्द्रीय अनुशासन आयोगका सदस्य देवराज भार, केन्द्रीय लेखा आयोगका सदस्य विजया धिताल , एमाले बाँकेका उपाध्यक्ष डिल्ली बिसी, सचिव रत्न खत्री लगायतले मन्तव्य व्यक्त गर्नुभएको थियो ।
सोही कार्यक्रममा २०७४ सालमा बाँके प्रदेशसभा २(क) बाट तत्कालीन सङ्घीय समाजवादी पार्टीबाट विजयी सांसद विजय वहादुर यादव एमालेमा प्रवेश गर्नुभयो ।
क्याटेगोरी : राजनीति, समाचार
ट्याग : #एमाले हार्दा राष्ट्रवाद र समाजवादको हार हुन्छ, #युवराज ज्ञवाली
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २टोखा–छहरे सुरुङमार्गले धेरै बस्ती मापदण्डका कारण समस्यामा पर्ने भएकाले विकल्प खोज्न मन्त्री खनालको प्रस्ताव
- ३काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ४एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ५सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ६तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ७काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ८रास्वपा टोखा नगर सभापति काफ्लेले छोडे पार्टी, दलगत झण्डा नबोक्ने घोषणा






तपाईको कमेन्ट लेख्नुहोस्