सुन जस्तो देखिने धातु सहित ४ जना पक्राउ
काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय बिमानस्थलबाट करिब ४९ ग्रामको २ थान सुनको बेरुवा औठी र १ थान आईफोन–१३ सहित ४ जनालाई प्रहरीले पक्राउ गरेको छ ।
पक्राउ पर्नेहरुमा दाङ तुल्सीपुर उपमहानगरपलिका–१२ घर भएका २६ वर्षीय शिखर कुमार उपाध्याय, मकवानपुर हेटौंडा उपमहानगरपालिका–९ घर भएका ४६ वर्षीय बुद्धी बहादुर थिङ, रामेछाप दोरम्बा गाउँपालिका–३ घर भएका २० वर्षीय नारायण थापा मगर र रामेछाप दोरम्बा गाउँपालिका–४ घर भएका ३२ वर्षीय राज कुमार योन्जन तामाङ रहेका छन् ।
फ्लाई दुबईको उडानद्वारा दुबईबाट काठमाडौं आएका शिखरलाई जाँच गर्ने क्रममा उक्त औंठी र मोबाइल सहित शिखर र अन्य तीन जना समेतलाई पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।
क्याटेगोरी : अपराध/सुरक्षा, समाचार
ट्याग : #सुन जस्तो देखिने धातु सहित ४ जना पक्राउ
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २टोखा–छहरे सुरुङमार्गले धेरै बस्ती मापदण्डका कारण समस्यामा पर्ने भएकाले विकल्प खोज्न मन्त्री खनालको प्रस्ताव
- ३काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ४एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ५सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ६तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ७काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ८रास्वपा टोखा नगर सभापति काफ्लेले छोडे पार्टी, दलगत झण्डा नबोक्ने घोषणा






तपाईको कमेन्ट लेख्नुहोस्