अर्थमन्त्री र हर्क साम्पाङबीच भेटवार्ता

अर्थमन्त्री जनार्दन शर्मा ‘प्रभाकर’ र धरानका मेयर हर्क साम्पाङबीच मंगलवार भेटवार्ता भएको छ । मन्त्री शर्मा र मेयर साम्पाङबीच मंगलवार अर्थमन्त्रालयमा भेटवार्ता भएको हो ।
भेटमा अर्थमन्त्री शर्माले धरान उपमहानगरपालिकाको खानेपानीको समस्या समाधानका लागि आवश्यक सहयोग गर्न संघीय सरकार प्रतिबद्ध रहेको बताएका थिए । प्राविधिक तयारी सकिएपछि खानेपानी आयोजना सम्पन्न गर्न आवश्यक पर्ने बजेट जुटाउन संघीय सरकारले सहयोग गर्ने मन्त्री शर्माले आश्वासन दिएका थिए
भेटमा मन्त्री शर्माले मेयर साम्पाङ र उनको टीमले धरानका जनताको खानेपानी समस्या समाधान गर्न गरेको जनपरिचालनको उच्च प्रशंसा गरेका थिए । ‘तपाईंले अहिले खानेपानीको समस्या समाधानका लागि गरिरहेको जनपरिचालन निक्कै उदाहरणीय छ’, उनले भने ।
भेटमा मेयर साम्पाङले धरानमा खानेपानीको मुख्य समस्या रहेको र यसलाई समाधान गर्न संघीय सरकारको सहयोग आवश्यक रहेको बताएका थिए । उनले भने, ‘तपाईंहरू हाम्रो अभिभावक हो जनताको यो समस्या समाधान गर्न आवश्यक सहयोग गरिदिनु होला ।’
भेटमा धरान महानगरपालिकाका उपमेयर अईन्द्रविक्रम बेघा पनि सहभागी थिए ।
क्याटेगोरी : समाचार
ट्याग : #अर्थमन्त्री र हर्क साम्पाङबीच भेटवार्ता, #जनार्दन शर्मा
धेरै पढिएका
- १एमाले काठमाडौ जिल्ला कमिटीमा ४३ सदस्य मनोनित (सूचि सहित)
- २टोखामा मेयर प्रकाश अधिकारीको २० उदारणीय काम , जसकै देशैभर चर्चा परिचर्चा हुने गर्दछ (सूचि सहित )
- ३तारकेश्वर नगरपालिकाद्वारा फूटबलका पूर्व फिफा रेफ्री राजेश श्रेष्ठ सम्मानित
- ४टोखा झोरमा गोली चल्यो , प्रहरीलद्धारा गोठाटार हत्याकाण्डका अभियुक्त पक्राउ
- ५तारकेश्वरमा काग्रेसकै मेयर र वडाध्यक्ष बिच विवाद , कार्यकारी पनि असन्तुष्ट हुँदा जनताका काम प्रभावित
- ६टोखामा १४०० रोपनी अतिक्रमित जग्गा संरक्षणमा मेयर प्रकाश अधिकारीको प्रभावशाली कदम, अव बसुन्धारा क्षेत्रमा खाली गराइदै
- ७खाँदबारीका मेयरलाई मदिरा सेवन गरि वडाध्यक्षद्धारा कार्यकक्षामै दुर्ब्यवहार
- ८पात्र मात्र होइन, प्रवृत्ति परिवर्तन जरुरी छ
तपाईको कमेन्ट लेख्नुहोस्