Techie IT
मंगलबार, असार २३,२०८३

जिल्ला प्रहरी कार्यालय बाजुराद्वारा गाँजा फडानी


बाजुरा । जिल्ला प्रहरी कार्यालय बाजुराले आफै उम्रेको गाँजाका बोटहरू फडानी गर्न सुरु गरेको छ।

सोमबार बडिमालिका नगरपालिका ९ स्थित मार्तडी बजार छेउछाउको खाली जमिनमा रहेका गाँजाका बोटहरू फडानी गरिएको प्रहरी कार्यालय बाजुराले जनाएको छ।

प्रहरी कार्यालय बाजुराका वरिष्ठ नायव निरीक्षक कुल बहादुर साउदको कमान्डमा खटिएको ४० जनाको प्रहरी टोलीले कारागार, गैरिटोल र दूरसञ्चार कार्यालय छेउछाउको करिब दुई रोपनी खाली जमिनमा आफै उम्रेका गाँजाका बोटहरू फडानी गरेको प्रहरी कार्यालय बाजुराका वरिष्ठ नायब निरीक्षक तथा टोलीका संयोजक कुलबहादुर साउदले बताउनुभयो। अवैध मानिएको गाँजाको प्रयोगले युवाहरूलाई फसाउने डरका कारण फडानी गरिएको र यो कार्यलाई जिल्लाभरि नै निरन्तरता दिने साउदको भनाइ छ।

जिल्लाका ९ ओटै स्थानीय पालिकाका खाली जमिनमा गाँजाका बोटहरू प्रशस्त हुर्केका पाइन्छन्। गाँजा फडानी कार्य असाध्यै सकारात्मक रहेको स्थानीयको भनाइ छ।


क्याटेगोरी : अपराध/सुरक्षा, समाचार
ट्याग : #जिल्ला प्रहरी कार्यालय बाजुराद्वारा गाँजा फडानी


तपाईको कमेन्ट लेख्नुहोस्