Techie IT
बिहीबार, मंसीर ४,२०८३

रोल्पामा अरिङ्गालको टोकाइबाट एक जनाको मृत्यु


रोल्पा । रोल्पा नगरपालिका १० धाङ्सी निवासी ५४ वर्षीय जय बहादुर बुढा मगरको अरिङ्गालको टोकाइबाट मृत्यु भएको छ ।

जिल्ला प्रहरी कार्यालय रोल्पाका प्रहरी प्रवक्ता प्रहरी निरीक्षक प्रकाश भुषालले दिनुभएको जानकारी अनुसार मृतक जय बहादुर बुढाले आफ्नो घरनजिक रहेको बनमा अरिङ्गाललाई पोल्ने क्रममा अरिङ्गालले टोकेर गम्भीर घाइते बनाएको र रोल्पा अस्पताल रेउघामा उपचारको क्रममा मृत्यु भएको भुषालले बताउनुभयो ।


क्याटेगोरी : समाचार
ट्याग : #रोल्पामा अरिङ्गालको टोकाइबाट एक जनाको मृत्यु


तपाईको कमेन्ट लेख्नुहोस्