Techie IT
आईतबार, वैशाख २८,२०८२

चितवनमा बेवारिसे अवस्थामा सालको गोलिया फेला


चितवन । चितवनमा बेवारिसे अवस्थामा सालको गोलिया फेला परेको छ । आज अपराह्न दिउसो २ बजे कालिका नगरपालिका वडा नम्बर ६ स्थित बागलुङ टोलमा सालको ४ वटा गोलिया फेला परेको हो ।

जिल्ला प्रहरी कार्यालय, चितवनका अनुसार कालिका नगरपालिका स्थित खोले सिमलको प्रहरी चौकीबाट गएको गस्ती टोलीले उक्त गोलिया फेला पारेको थियो । उक्त गोलिया प्रहरीले उदयपुर सामुदायिक वनलाई बुझाइएको जनाएको छ ।


क्याटेगोरी : अपराध/सुरक्षा, समाचार
ट्याग : #चितवनमा बेवारिसे अवस्थामा सालको गोलिया फेला


तपाईको कमेन्ट लेख्नुहोस्


Kathmandu, NP
28°
Mostly Cloudy
5:15 am6:44 pm +0545