गुणस्तरीय शिक्षा समृद्ध नेपालको आधारशिला: राष्ट्रपति भण्डारी
पोखरा । राष्ट्रपति विद्यादेवी भण्डारीले सीपमूलक, वैज्ञानिक, व्यवहारिक एवम् गुणस्तरीय शिक्षा समृद्ध नेपालको आधारशिला भएको बताउनुभएको छ ।
पोखरा महानगरपालिका वडा नम्बर–१६ विन्ध्यबासिनी माध्यमिक विद्यालयको हीरक जयन्ती समापन समारोह लाई मङ्गलवार सम्बोधन गर्दै उहाँले मुलुकको सर्वाङ्गीण विकास गर्ने आधार शिक्षा नै भएको बताउनुभयो । राष्ट्रपति भण्डारीले प्राकृतिक श्रोत र सांस्कृतिक सम्पदाहरूमा आधारित उद्यमशीलता प्रवद्र्धन गर्नका लागि आवश्यक दक्ष जनशक्ति उत्पादन गर्नेतर्फ शैक्षिक गतिविधिहरू उन्मुख हुनुपर्नेमा जोड दिनुभयो ।
गुणस्तरीय शिक्षामा सबै नागरिकको समतामूलक र न्यायोचित स्थापित गर्नु आजको आवश्यकता भएको भन्दै राष्ट्रपति भण्डारीले एक्काइसौँ शताब्दीको आवश्यकता अनुरुप विश्वव्यापी रुपमा प्रतिस्पर्धा गर्नसक्ने जनशक्ति उत्पादनका लागि प्राविधिक शिक्षाको महत्त्वलाई आत्मसाथ गर्नुपर्ने बताउनुभयो । उहाँले राष्ट्रको समृद्धि र विकासका लागि आवश्यक श्रोत र साधनको पहिचान गर्दै तिनीहरूको उपयोग गर्नका लागि आवश्यक व्यवस्थापकीय क्षमता विकास गर्नु नै शिक्षाको मूल उद्देश्य रहेको पनि धारणा राख्नुभयो ।
राष्ट्रपति भण्डारीले शिक्षाको क्षेत्रमा सरकारले गरेको लगानी अनुरुप अपेक्षित प्रतिफल प्राप्त हुन नसकेको बताउनुभयो । उहाँले राज्यले शिक्षा क्षेत्रमा जति लगानी गरेको छ त्यहीँ अनुसार प्रतिफल प्राप्त गर्न नसकेको वर्तमान अवस्थामा विन्ध्यबासिनी माविलगायतका केही विद्यालयले भने गुणस्तरीय शिक्षा प्रदान गरेकोमा खुसी व्यक्त गर्नुभयो ।
राष्ट्रपति भण्डारीले सरकारले शिक्षा क्षेत्रमा गुणस्तरीयता कायम गर्न जति लगानी गरेको छ लगानी अनुसारको प्रतिफल प्राप्त गर्न अभिभावक, स्थानीय सरकार, विद्यालय व्यवस्थापन समिति, शिक्षक र विद्यार्थी सबैको सामूहिक प्रयास आवश्यक रहेकोमा जोड दिनुभयो ।
क्याटेगोरी : समाचार
ट्याग : #गुणस्तरीय शिक्षा समृद्ध नेपालको आधारशिला, #राष्ट्रपति, #विद्यादेवी भण्डारी
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ३एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ४सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ५काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ६काठमाडौं ५ मा ईश्वर पोखरेलनै उठ्ने, ७ र ९ मा पनि टुंगियो
- ७रास्वपा टोखा नगर सभापति काफ्लेले छोडे पार्टी, दलगत झण्डा नबोक्ने घोषणा
- ८युवासहित संखुवासभा कांग्रेसको शक्ति प्रदर्शन






तपाईको कमेन्ट लेख्नुहोस्