हराएका २५ वटा मोटरसाइकल तथा स्कुटर सम्बन्धित धनीलाई फिर्ता
काठमाडौं। विभिन्न मितिमा हराएका २५ वटा मोटरसाइकल तथा स्कुटर काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयले फेला पारेको छ ।
फेला पारिएका ती मोटरसाइकल तथा स्कुटरहरू आज मंगलबार सम्बन्धित सवारीधनीलाई बुझाइएको काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयले जानकारी दिएको छ ।
कार्यालयमा आयोजित एक कार्यक्रमबीच १६ ओटा मोटरसाइकल र ९ ओटा स्कुटर सम्बन्धित धनीलाई बुझाइएको बताइएको छ । कार्यालयका प्रवक्ता एवम् प्रहरी वरिष्ठ उपरीक्षक राजेन्द्र प्रसाद भट्टले ती सवारी साधन सम्बन्धित धनीलाई हस्तान्तरण गरेका हुन् ।
उपत्यका र उपत्यका आसपासको ईलाकामा बिशेष सूचना संकलन गरी अपरेसनमा गई मोटरसाइकल तथा स्कुटरहरु बरामद गरी चोरीमा संलग्न मानिसहरुलाई समेत पक्राउ गरी आवश्यक कारबाहीका लागी विभिन्न प्रहरी कार्यालयहरुमा पठाउने गरेको प्रहरी वरिष्ठ उपरीक्षक भट्टले जानकारी दिए ।
हराएका सवारी साधन खोजतलास र चोरी नियन्त्रण कार्य निरन्तर हुँदै आएको तर स्वयम् सवारीधनी पनि बिशेष चनाखोका साथै सजक हुनुपर्ने र सवारी चालक थप जिम्मेवार बनि सुरक्षित स्थानमा मात्र पार्किङ गर्न, अतिरिक्त लक तथा सुरक्षाका उपायहरुको समेत प्रयोग गर्न उनले अनुरोध गरेका छन् ।
गत आर्थिक वर्ष ७७/७८ मा ४१९ ओटा, ७८/७९ मा ५०६ र यही साउन महिना भरी ६८ ओटा दुई पाङग्रे सवारी साधन सम्बन्धित धनीलाई जिम्मा लगाइसकेको कार्यालयको भनाइ छ ।
चोरीमा संलग्न त्यस्तै ९९ जनालाई पक्राउ गरि आवश्यक अनुसन्धान एवम् कारबाहीका लागि विभिन्न प्रहरी कार्यालयहरुमा पठाएको समेत ट्राफिक प्रहरी कार्यालयले जनाएको छ । सवारी साधन हराएको थाहा पाउनासाथ ट्राफिक प्रहरीको हटलाईन नम्बर १०३, नेपाल प्रहरीको हटलाईन नम्बर १०० मा फोन गरेर जानकारी दिन सकिनाका साथै नजिकको प्रहरी कार्यालयमा निवेदन दिन ट्राफिक प्रहरी कार्यालयले अनुरोध समेत गरेको छ ।
क्याटेगोरी : समाचार
ट्याग : #उपत्यका ट्राफिक प्रहरी
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २टोखा–छहरे सुरुङमार्गले धेरै बस्ती मापदण्डका कारण समस्यामा पर्ने भएकाले विकल्प खोज्न मन्त्री खनालको प्रस्ताव
- ३काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ४एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ५सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ६तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ७काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ८रास्वपा टोखा नगर सभापति काफ्लेले छोडे पार्टी, दलगत झण्डा नबोक्ने घोषणा






तपाईको कमेन्ट लेख्नुहोस्