स्रोत नखुलेको नगदसहित दुई जना पक्राउ
सर्लाही । बरहथवा नगरपालिका–११ हिरापुर ब्यारेजस्थित सडकबाट स्रोत नखुलेको, सुनको सिक्री र ब्रास्लेटसहित २ जनालाई प्रहरीले पक्राउ गरेको छ ।
स्रोत नखुलेको नगद ३६ लाख रूपैयाँ तथा २३३ ग्राम २८० मिलिग्राम तौल बराबरको सुनको सिक्री १ थान र ब्रास्लेट १ थान सहित उनिहरुलाई प्रहरीले पक्राउ गरेको हो ।
पक्राउ पर्नेहरुमा डोटी शिखर नगरपालिका–७ घर भई हाल काठमाडौं कपन बस्ने ३० वर्षीय हर्क बहादुर कठायत र भक्तपुर चाँगुनारायण नगरपालिका–२ दुवाकोट बस्ने ३१ वर्षीय बिशाल खत्री रहेका छन् ।
नयाँ रोडबाट हिरापुरतर्फ जाँदै गरेको प्रदेश ०२–०३३ प ७७५० नम्बरको मोटरसाइकललाई ईलाका प्रहरी कार्यालय बरहथवाबाट खटिएको प्रहरीले जाँच गर्ने क्रममा मोटरसाइकलमा सवार उनीहरूलाई उक्त नगद तथा सुन सहित फेला पारी पक्राउ गरेको हो ।
क्याटेगोरी : अपराध/सुरक्षा, समाचार
ट्याग : #स्रोत नखुलेको नगदसहित दुई जना पक्राउ
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २टोखा–छहरे सुरुङमार्गले धेरै बस्ती मापदण्डका कारण समस्यामा पर्ने भएकाले विकल्प खोज्न मन्त्री खनालको प्रस्ताव
- ३काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ४एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ५सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ६तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ७काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ८रास्वपा टोखा नगर सभापति काफ्लेले छोडे पार्टी, दलगत झण्डा नबोक्ने घोषणा






तपाईको कमेन्ट लेख्नुहोस्