Techie IT
आईतबार, वैशाख २८,२०८२

एसिड प्रहार गरेको अभियोगमा पक्राउ


सल्यान । ३ जना नातेदारलाई एसिड प्रहार गरेको अभियोगमा एकजना पक्राउ परेको छ ।
पक्राउ पर्नेमा दार्मा गाउँपालिका–३ चम्फुटाकुरा बस्ने ५० वर्षीय बेचे रावत रहेका छन् ।

रावतले मादक पदार्थ सेवन गरी लेनदेनको विषयलाई लिएर एसिड प्रहार गर्दा सोही ठाउँस्थित आफ्नै पसलमा बसिरहेका उनकै भाइ समेत ३ जना घाइते भएको भन्ने खबर प्राप्त हुनासाथ ईलाका प्रहरी कार्यालय दार्माबाट खटिएको प्रहरीले उनलाई अन्दाजी २२ लिटर एसिड सहित पक्राउ गरेको हो ।
तीनै जना घाइतेहरुलाई उपचारको लागि नेपालगंजतर्फ पठाइएको छ । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।


क्याटेगोरी : अपराध/सुरक्षा, समाचार
ट्याग : #एसिड प्रहार गरेको अभियोगमा पक्राउ


तपाईको कमेन्ट लेख्नुहोस्


Kathmandu, NP
28°
Mostly Cloudy
5:15 am6:44 pm +0545