अछामकोका पहिरो पीडितलाई प्रवासीको आर्थिक सहयोग
अछाम । अछामको तुर्माखाँद–२ भुलुका पहिरो पीडितलाई प्रवासीहरूले आर्थिक सहयोग गरेका छन् । गत साउन ८ गते राती परेको अबिर बर्षाका कारण पहिरोमा परी ज्यान गुमाएकाका आफन्तलाई ५१ हजार नगद सहयोग गरिएको हो ।
सुदूरपश्चिमेली नेपाली समाज भारतको सहयोग र वडा नं ८ धमाली का वडा अध्यक्ष निरक बहादुर शाहीको सहजीकरण सहयोग रकम मृतकका आफन्तलाई हस्तान्तरण गरिएको हो ।
शोकमा रहेका आफन्तलाई केही राहत होस् भन्ने उद्देश्यले प्रवासी दाजुभाइसँग रकम सङ्कलन गरि सहयोग गरिएको सुदुरपश्चिमेली नेपाली समाज भारतका अध्यक्ष कटक विष्टले बताउनु भयो ।
सुदूरपश्चिमेली नेपाली समाज भारत, हिमाञ्चल प्रदेशका संयोजक दिपक धमाला, दिर्ग धमाला, दिनेश बिष्ट लगायतको सक्रियतामा रकम सङ्कलन गरिएको भन्दै सबै सहयोगीलाई वडा अध्यक्ष शाहीले धन्यवाद व्यक्त गर्नुभयो ।
घरमाथिबाट आएको पहिरोमा परी तुर्माखाँद २ भुलु निवासी स्थानीय अमर बिष्टका भाउजू ४५ वर्षिया हरिकला बिष्ट, भाइ २५ वर्षीय वीरेन्द्र बिष्ट र भतिजा १५ वर्षका संविधान विष्टको ज्यान गएको थियो भने ५ बाख्रा समेत मरेका थिए ।
क्याटेगोरी : समाचार
ट्याग : #अछामकोका पहिरो पीडितलाई प्रवासीको आर्थिक सहयोग
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २टोखा–छहरे सुरुङमार्गले धेरै बस्ती मापदण्डका कारण समस्यामा पर्ने भएकाले विकल्प खोज्न मन्त्री खनालको प्रस्ताव
- ३काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ४एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ५सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ६तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ७तारकेश्वर साङ्गला पटापुमा ईभी गाडीभित्र महिलाको शव फेला, प्रहरीले सुरु गर्यो सबै कोणबाट अनुसन्धान
- ८काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा






तपाईको कमेन्ट लेख्नुहोस्