बाबुराम र वामदेवलाई माओवादी केन्द्रको चुनाव चिह्न दिने
काठमाडौं । नेपाल समाजवादी पार्टी र नेकपा एकता राष्ट्रिय अभियान नेकपा (माओवादी केन्द्र) को चुनाव चिह्नबाट आसन्न निर्वाचनमा प्रतिस्पर्धा गर्ने भएका छन् ।
माओवादी केन्द्रको आज बसेको स्थायी कमिटीको बैठकले डा.बाबुराम भट्टराई नेतृत्वको नेपाल समाजवादी र वामदेव गौतम नेतृत्वको नेकपा एकता राष्ट्रिय अभियानलाई दलको चुनाव चिह्न दिने निर्णय गरेको हो । बैठकपछि पत्रकारसँग कुरा गर्दै माओवादी उपाध्यक्ष कृष्णबहादुर महराले वामदेव र बाबुरामलाई चुनाव चिन्ह दिने सहमति भएको बताउनुभयो । बाबुराम र बामदेवसँग कतिपय सर्तहरू रहेको र त्यसबारेमा गठबन्धनमा पनि छलफल हुने जानकारी दिनुभयो । माओवादी स्थायी कमिटी बैठक बुधवार फेरि बस्ने महराले बताउनुभयो ।
आउँदो मंसिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनको दल दर्ताको समय आज सकिँदै छ । एकल चुनाव चिह्नका लागि दल दर्ता गर्दा नै निवेदन दिनुपर्ने भएकाले नेताहरु निर्वाचन आयोग जाँदै छन् ।
क्याटेगोरी : राजनीति, समाचार
ट्याग : #नेकपा ( माओवादी केन्द्र, #नेकपा एकता राष्ट्रिय अभियान, #नेपाल समाजवादी पार्टी, #बाबुराम र वामदेवलाई माओवादी केन्द्रको चुनाव चिह्न दिने
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २टोखा–छहरे सुरुङमार्गले धेरै बस्ती मापदण्डका कारण समस्यामा पर्ने भएकाले विकल्प खोज्न मन्त्री खनालको प्रस्ताव
- ३काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ४एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ५सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ६तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ७काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ८रास्वपा टोखा नगर सभापति काफ्लेले छोडे पार्टी, दलगत झण्डा नबोक्ने घोषणा






तपाईको कमेन्ट लेख्नुहोस्