विधेयकलाई पुनर्विचारका लागि संसदमा आउनु राष्ट्रिय सहमतिका लागि मौका
काठमाडौं । प्रतिनिधिसभाको आजको बैठकमा सांसदहरुले समसामयिक विषयमा सरकारको ध्यानाकर्षण गराउनुभएको छ ।
बैठकको सुरुमा प्रमुख प्रतिपक्ष दलका सांसदहरुले नागरिकता विधेयकलाई लिएर राष्ट्रपतिलाई विवादित बनाउन नहुने बताउनुभयो ।
सांसदहरुले संसदले पारित गरेको नागरिकता विधेयकलाई पुनर्विचारका लागि पुन संसदमा नै आउनु राष्ट्रिय सहमतिका लागि मौका भएको बताउनुभयो ।
सांसदहरुले नागरिकतामा दलितको नामलाई अपमानित गरिएको विषय निन्दनीय भएको, नाम सच्याउन चाहनेका लागि गृह मन्त्रालयले दिएको निर्देशन जिल्ला प्रशासन कार्यालयहरूले लागू नगरेको भन्दै सरकारको ध्यानाकर्षण गराउनुभयो ।सांसदहरुले दरबन्दी अनुसारका स्वास्थ्यकर्मीको व्यवस्था गरी ग्रामीण भेगमा स्वास्थ्य पहुँच बढाउनुपर्ने माग गर्नुभयो ।
क्याटेगोरी : समाचार
ट्याग : #नागरिकता विधेयक, #प्रतिनिधिसभा
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २टोखा–छहरे सुरुङमार्गले धेरै बस्ती मापदण्डका कारण समस्यामा पर्ने भएकाले विकल्प खोज्न मन्त्री खनालको प्रस्ताव
- ३काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ४एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ५सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ६तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ७काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ८रास्वपा टोखा नगर सभापति काफ्लेले छोडे पार्टी, दलगत झण्डा नबोक्ने घोषणा






तपाईको कमेन्ट लेख्नुहोस्