विवादास्पद नागरिकता विधेयक फास्ट ट्र्याकबाट पुनः प्रमाणीकरणका लागि पठाउने तयारी
काठमाडौं । पुनर्विचार गर्नुपर्ने भन्दै राष्ट्रपति विद्यादेवी भण्डारीले १५ बुँदे सन्देशसहित संसदमा फिर्ता पठाएको विवादास्पद नागरिकता विधेयक फास्ट ट्र्याकबाट पुनः प्रमाणीकरणका लागि पठाउने तयारी भएको छ ।
विधेयकमाथि गहन छलफल, बहस र परिमार्जन आवश्यक रहेको भन्दै पुनर्विचारका लागि फिर्ता पठाए पनि सत्तारुढ दलहरुले भने जस्ताको त्यस्तै पुनः प्रमाणीकरणका लागि पठाउन लागेका हुन् ।
सभामुख अग्निप्रसाद सापकोटाले आइतबार गृहमन्त्री बालकृष्ण खाण र कानुनमन्त्री गोविन्दप्रसाद कोइरालासँग छलफल गरेका थिए ।
त्यसपछि कार्य व्यवस्था परामर्श समितिको बैठकबिनै मंगलबारको कार्यसूचीमा नागरिकता एन २०६३ लाई संशोधन गर्न बनेको विधेयक सन्देशसहित फिर्ताबारे राष्ट्रपतिको कार्यालयको पत्र जानकारी गराउने विषय कार्यसूचीमा राखेका छन् ।
उता प्रमुख प्रतिपक्षी दलले भने सरकारले गल्ती गरेको अब सच्याउने बाटोमा आएको बताएको छ । यदि जबरजस्ती गरे प्रतिवाद गर्ने एमालेले चेतावनी दिएको छ ।
क्याटेगोरी : समाचार
ट्याग : #नागरिकता विधेयक, #राष्ट्रपति विद्यादेवी भण्डारी
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ३एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ४सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ५काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ६काठमाडौं ५ मा ईश्वर पोखरेलनै उठ्ने, ७ र ९ मा पनि टुंगियो
- ७रास्वपा टोखा नगर सभापति काफ्लेले छोडे पार्टी, दलगत झण्डा नबोक्ने घोषणा
- ८युवासहित संखुवासभा कांग्रेसको शक्ति प्रदर्शन






तपाईको कमेन्ट लेख्नुहोस्