Techie IT
बुधबार, मंसीर ३,२०८३

फोहोर उठाउन नेकपा एमालेका युवाहरू अग्रसर


काठमाडौं । हप्तौँदेखि उठाउन नसकिएको फोहोर उठाउन नेकपा एमालेका युवाहरू अग्रसर भएका छन् ।

सोही क्रममा नेकपा एमालेको भातृ संगठन राष्ट्रिय युवा संघ नेपालले सोतबार नयाँ बानेश्वर क्षेत्रको फोहोर उठाएको छ । हप्तौँदेखि थुप्रिएको फोहोरका कारण दुर्गन्ध फैलिन थाल्दा पनि सरकारले फोहोर व्यवस्थापन गर्न नसकेको भन्दै युवाहरू आफै अग्रसर भएर फोहोर उठाउन थालेका हुन् ।

बञ्चरे डाँडामा स्थानीयले अवरोध गरेपछि काठमाडौंको फोहोर व्यवस्थापनमा जटिलता देखिँदै आएको छ ।


क्याटेगोरी : समाचार
ट्याग : #फोहोर उठाउन नेकपा एमालेका युवाहरू अग्रसर


तपाईको कमेन्ट लेख्नुहोस्