न्युजलाईन्स नेपालका अध्यक्ष भट्ट टान जर्नालिजम अवार्ड २०२२ बाट सम्मानित
काठमाण्डौं । न्युजलाईन्स नेपालका अध्यक्ष राजु भट्ट टान जर्नालिजम अवार्ड २०२२ बाट सम्मानित हुनुभएको छ । विगत दुयृ दशक देखी पत्रकारिता क्षेत्रमा सकृय भट्टले पर्वतीय पर्यटन प्रबद्र्धनमा उल्लेख्य योगदान पुर्याउनु भएको मुल्यांकन सहित ट्रकिङ एजेन्सीज एशोसियसन अफ नेपाल (टान)ले आफ्नो ४२, ४३ र ४४ औं बार्षिक साधारणसभा माझ उहाँलाई उक्त अवार्डबाट सम्मान गरेको हो । उहाँलाई संस्कृति, पर्यटन तथा नागरिक उड्ययन मन्त्री जीवनराम श्रेष्ठ र टानका अध्यक्ष खुम बहादुर सुवेदीले संयुक्त रुपमा सम्मान गर्नुभयो। टानले भट्टसँगै , टेलिभिजन कार्यक्रम संचालक सरोज ओझा, नेपाल टेलिभिजनका प्रदिप चापागाई, न्युज नेपाल नेटवर्कका संचालक सविन धमला, राससका संवाददाता अच्युत रेग्मी, अर्थ व्यापारका नविन काफ्ल, हिमालय टेलिभिजनका शंकर पंडित, मुनलाईट टेलिभिजनका कुमार चौलगाईं लगायतका पत्रकारलाई उक्त अवार्ड प्रदान गरेको छ । अवार्डसँगै उहाँहरुलाई जनही चार हजार दुई सय पचास राशीको चेक हस्ताण्तरण गरिएको छ ।
कार्यक्रम माझ कान्छा पर्वतारोहीको किर्तिमान बनाएका स्वर्गिय शम्भु तामाङलाई ५० हजार राशीको डा. हर्क गुरुङ टान पुरस्कार अर्पण गरिएको थियो । उनकी धर्मपत्नी करुणा तामाङले उक्त पुरस्कार ग्रहण गरिन् । त्यसैगरि, सामाजिक सेवा अन्तर्गत थ्रि स्टारकी लक्की क्षेत्री कार्कीलाई पुरस्कृत गरिनुका साथै निमा डिकी लामा र फुुर्वा शेर्पालाई टान पासाङ ल्हामु अवार्डबाट विभुषित गरियो भने टान सम्बद्ध उत्कृष्ट ११ वटा ट्र«ेकिङ एजेन्सीहरुलाई सम्मान गरिएको थियो ।
टान अध्यक्ष खुम बहादुर सुवेदीको सभापतित्व माझ होटल हयात रिजेन्सीको सभा हलमा आयोजित उक्त बार्षिक साधारणसभाको समुद्घाटन संस्कृति, पर्यटन तथा नागरिक उड्ययन मन्त्री जीवनराम श्रेष्ठले गर्नुभयो । कार्यक्रमको उद्घाटन गर्नुहुँदै मन्त्री श्रेष्ठले पर्यटन र ट्र«ेकिङ उद्योगसँग संबन्धित नीतिगत र कानुनसँग जोडिएर आउने विषयमा समय सापेक्ष परिमार्जन गर्ने प्रतिबद्धता व्यक्त गर्नुहुँदै प्रदेश सरकारले बढाएको शुल्क संबन्धमा आगामी भाद्र ३ र ४ गतेलाई बैठक आव्हान गरि समस्या समाधानका लागि अघि बढेको जानकारी समेत दिनु भयो ।
सो अवसरमा सभापतिको आसनबाट बोल्नुहुँदै टानका अध्यक्ष खुम बहादुर सुवेदीले बागमती प्रदेश सरकारले ल्याएको पर्यटन ऐनमा चुक्ता पुँजी २५ लाखबाट बढाई ५० लाख पुर्याईनु अनुपर्युक्त र स्वीकार्न नसकिने प्रकृतिको रहेको बताउनु हुँदै संघिय मन्त्रालयले यसलाई परिमार्जन गर्न समन्वयकारी भूमिका निर्वाह गर्नुपर्ने खाँचो औल्याउनुभयो । साथै, उहाँले गाउँपालिकाले पर्यटकबाट जबर्जस्ती शुल्क उठाउनु अनुचित रहेको, देशैभर टिम्स पूर्ण रुपमा कार्यान्वयन आउन नसक्नु दुखद रहेको, ट्र«ेकिङको हकमा जटिल र अव्यवहारिक नीति लागु गरिएको, प्याकेज महंगो भएको लगायतका थुपै्र समस्याहरुले गर्दा ट्र«ेकिङ व्यवसाय संकटापन्न स्थितीमा रहेको उल्लेख गर्नुभयो ।
क्याटेगोरी : समाचार
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २टोखा–छहरे सुरुङमार्गले धेरै बस्ती मापदण्डका कारण समस्यामा पर्ने भएकाले विकल्प खोज्न मन्त्री खनालको प्रस्ताव
- ३काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ४एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ५सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ६तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ७तारकेश्वर साङ्गला पटापुमा ईभी गाडीभित्र महिलाको शव फेला, प्रहरीले सुरु गर्यो सबै कोणबाट अनुसन्धान
- ८काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा






तपाईको कमेन्ट लेख्नुहोस्