Techie IT
बुधबार, असार १०,२०८३

 केही ठालुहरुको स्वार्थ पुरा गर्न नागरिकता विधेयक पारित: ईश्वर पोखरेल


 

काठमाडौं । नेकपा (एमाले) का उपाध्यक्ष ईश्वर पोखरेलले केपी ओली नेतृत्वको सरकारले ल्याएको नागरिकता विधेयकलाई परिवर्तन गरेर केही ठूलाठालुको स्वार्थ पुरा गर्न नागरिकता विधेयक पारित गरिएको बताए ।
अनेरास्ववियु केन्द्रीय कमिटि संगठन विभागले आयोजना गरेको संगठन निर्माण, व्यवस्थापन तथा परिचालन विषयक विचार गोष्ठी कार्यक्रममा बोल्दै उनले चुनावी तालमेलको लागि विदेशीहरुसंग साँटगाँठ गरेर भुमिपूत्रलाई लत्याएको कुरालाई राष्ट्रपतिले फिर्ता गरेको बताए ।

“केही ठुलाहरुको स्वार्थ पुरा गर्न नागरिकता विधेयक पारित गरिएको हो । चुनावि तालमेलको लागी विदेशीहरु संग साँटगाँठ गरेर भुमिपूत्रलाई लत्याउने खालको काम भयो ।”
राष्ट्रिय स्वतन्त्रता र स्वाभिमानको पक्षमा गठबन्धन घुँडा टेकेर एमालेको विरोध हुन्छ भने जस्तोसुकै कुरा गर्न पनि तयार रहने एमाले मात्रै भएको उनले दावी छ ।

“गठबन्धनका एजेण्डा भनेको राजनीतिक स्थापना ,आर्थिक विकास र समृद्धिलाई धरासाई बनाउने,स्वतन्त्रता र स्वाभिमा कमजोर बनाउने, देश बनाउने सपनालाई कमजोर बनाउने हो ।”
गठबन्धनका एजेण्डा भनेको राजनीतिक स्थापना ,आर्थिक विकास र समृद्धिलाई धरासाई बनाउने,स्वतन्त्रता र स्वाभिमा कमजोर बनाउने, देश बनाउने सपनालाई कमजोर बनाउने मात्र भएको उनले ठकुवा गरे ।

 


क्याटेगोरी : राजनीति, समाचार
ट्याग : #breaking, #ईश्वर पोखरेल, #नेकपा एमाले


तपाईको कमेन्ट लेख्नुहोस्