जनताको मन जित्ने गरि काम गर्न जनप्रतिनिधिलाई प्रधानमन्त्री देउवाको निर्देशन
काठमाडौँ । प्रधानमन्त्री एवम् नेपाली काँग्रेसका पार्टी सभापति शेरबहादुर देउवाले आसन्न सङ्घीय र प्रदेशसभाको निर्वाचनमा काँग्रेसलाई सबैभन्दा ठुलो दल बनाउनुपर्ने बताउनुभएको छ ।
ललितपुरको होटल हेरिटेज गार्डेनमा आयोजित वैशाखमा सम्पन्न स्थानीयतह निर्वाचनमा पार्टीबाट निर्वाचित जनप्रतिनिधिहरूलाई दिइने दुई दिने अभिमुखीकरण कार्यक्रमको उद्घाटन गर्नुहुँदै प्रधानमन्त्री देउवाले आसन्न निर्वाचनमा काँग्रेसलाई ठुलो दल बनाउनुपर्ने भन्नुहुँदै जनताको मन जित्ने गरि काम गर्न जनप्रतिनिधिलाई निर्देशन दिनुभयो ।
प्रधानमन्त्री देउवाले आफु विशेष परिस्थितिमा प्रधानमन्त्री बनेको भन्नुहुँदै यो अवधिमा महत्त्वपूर्ण उपलब्धि हासिल भएको उल्लेख गर्नुभयो ।
प्रधानमन्त्री देउवाले बाम गठबन्धनका कारण अघिल्लो संघ र प्रदेशको निर्वाचनमा जनमत भएर पनि काँग्रेसले हार्नु परेको भन्नुहुँदै यो पटक सत्ता गठबन्धनका साथ चुनावमा जानुपर्नेमा जोड दिनुभयो ।
काँग्रेसको नीति, अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानको आयोजनामा भइरहेको अभिमुखीकरण कार्यक्रममा कांग्रेसका तर्फबाट स्थानीय तहमा विजयी पालिका प्रमुख उप प्रमुख र समन्वय समितिका प्रमुख–उपप्रमुखको सहभागिता रहेको छ ।
अभिमुखीकरणमा प्रधानमन्त्री एवं काँग्रेस सभापति देउवासहितका पदाधिकारीले प्रशिक्षण दिने काँग्रेसले जनाएको छ ।
क्याटेगोरी : राजनीति, समाचार
ट्याग : #breaking, #शेरबहादुर देउवा
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २टोखा–छहरे सुरुङमार्गले धेरै बस्ती मापदण्डका कारण समस्यामा पर्ने भएकाले विकल्प खोज्न मन्त्री खनालको प्रस्ताव
- ३काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ४एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ५सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ६तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ७काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ८रास्वपा टोखा नगर सभापति काफ्लेले छोडे पार्टी, दलगत झण्डा नबोक्ने घोषणा






तपाईको कमेन्ट लेख्नुहोस्