दिनेश सुनार : १२ औं विश्व रेकर्ड प्रयास
अमेरिकामा नेपाली पार्कर खेलाडी दिनेश सुनारले १२ औं गिनिज वर्ल्ड रेकर्डको प्रयास गरेका छन् । बाल्टिमोरको एभरेष्ट वर्ल्ड क्लास तेक्वान्दो एवं फ्यामिलि मार्शल आर्टको परिसरमा सुनारले विश्व रेकर्ड प्रयास गरेका छन् ।
एक मिनेटमा सबैभन्दा धेरै फुल ट्विस्टेड बटरफ्लाइ किक विधामा गरिएको प्रयत्न पार्कर खेलको फ्रि स्टाइल अन्तर्गत पर्दछ। सुनारले एक मिनेटमा २३ पटक गर्न सफल भएका छन् । अहिलेसम्म १५ पटककोमात्र रेकर्ड रहेको छ ।
रेकर्डको आधिकारिकता लागि छिट्टै गिनिज वर्ल्ड रेकर्डमा पठाइने भएको छ । एभरेष्ट तेक्वान्दो स्कुलका संचालक तथा प्रशिक्षकहरु मास्टर कुमार कार्की र कल्पना कार्कीको अगुवाईमा कार्यक्रम भएको हो ।
प्रशिक्षकहरु राजु नगरकोटी, कृष्ण बलाल, राजु क्षेत्री, मेल्विन मोर्ते, उज्वल सिंह ठकुरी र नकुल शर्मा निर्णायक मण्डलमा रहेका थिए .
नेपाल र अमेरिकाबीचको कुटनैतिक सम्बन्धको ७५ वर्षको उत्सव मनाइरहँदा अमेरिकामा रहेको नेपाली दुतावासको सहयोगमा विश्व रेकर्ड प्रयास गरिएको सुनारले बताए ।
गत महिना सुनारले राखेको सातौं विश्व रेकर्ड गिनिज बुकले दर्ता गरेको थियो ।उनले जापानिजले राखेको रेकर्ड १० बर्षपछि तोडेका थिए । उनले गत मे ४ मा गरेको विश्व रेकर्ड प्रयासलाई गिनिज बुकले औपचारिक रुपमा गत महिना दर्ता गरेको हो ।
३० सेकेण्डभित्र स्कीपिंग गर्दै उनले १४ पटक ब्याकवार्ड समरसल्ट हानेर रेकर्ड कायम गरेका थिए । यस अगाडि यो रेकर्ड १० बर्ष अगाडि जापानका डाइसुके मिमोराले कायम गरेका थिए ।
सुनारको छैठौं विश्व रेकर्ड गिनिज बुकले गत जुनमा दर्ता गरेको थियो । ३० सेकेण्डमा १३ पटक फुल ट्वीस्ट ब्लाक फ्लीप्स गरेर सुनारले यो रेकर्ड कायम गरेका थिए । उनले जुन १० मा ओहायोको एक्रोनमा रेकर्ड प्रयास गरेकोमा उक्त प्रयास सफल भएको थियो ।
गत बर्ष ओहायोको एक्रोनमा सनसाईन तेक्वान्दो एकेडेमीको प्रायोजनमा सुनारले ‘द मोस्ट स्टाण्डिङ फूल ट्वीस्ट ब्याक समरसल्ट इन थर्टी सेकेण्ड’ शीर्षकमा विश्व रेकर्ड राखेका थिए ।
उनी ३० सेकेन्डको समयमा १२ पटक सम्म ट्वीस्ट ब्याक समरसल्ट हान्न सफल भएका थिए । यस बिधामा विश्व रेकर्डका लागी ३० सेकेन्ड मा ८ पटक सम्म ट्वीस्ट ब्याक समरसल्ट हान्नुपर्ने भएपनि उनले १२ पटकसम्म हानेका थिए । उनले आफ्नो पुरानो रेकर्डलाई समेत तोडेर उक्त नयाँ रेकर्ड कायम गरेका थिए ।
यसअगाडि दिनेशले सन् २०२० मा अमेरिकाको भर्जिनियामा आयोजित कार्यक्रममा नै ‘दि मस्ट ब्याकवार्ड समरसल्ट अगेन्स्ट ट्राम्पोलिन इन एन आवर’ मा ४६० पटक ब्य्याक फ्लिप्स गरेर गिनिज बुकमा नयाँ रेकर्ड कायम गरेका थिए । यो रेकर्ड भने अष्ट्रियाका फिन पिरमिन पिल्जले १०६४ पटक गरेर तोडिसकेका छन् ।
दिनेशले पार्कर खेलमा नेपालमा तीनवटा विश्व रेकर्ड कायम गरेका थिए । उनले सन् २०१७ को जुन १ मा ३६० डिग्रीको रोटेशनमा एक मिनेटमा १८ पटक पर्खाल टेक्दै ब्य्याक फ्लिप्स गरेर पहिलो विश्व रेकर्ड कायम गरेका थिए । दोश्रो रेकर्ड १४ जनवरी २०१८ मा राखेका थिए । अर्को रेकर्ड सन् २०१९ को मार्च ११ मा कायम गरेका थिए ।
उनका रेकर्ड प्रयास गिनिज बुकमा दर्ताको प्रकृयामा रहेका छन् ।

क्याटेगोरी : समाचार
ट्याग : #नेपाली पार्कर खेलाडी दिनेश सुनार
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २टोखा–छहरे सुरुङमार्गले धेरै बस्ती मापदण्डका कारण समस्यामा पर्ने भएकाले विकल्प खोज्न मन्त्री खनालको प्रस्ताव
- ३काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ४एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ५सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ६तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ७तारकेश्वर साङ्गला पटापुमा ईभी गाडीभित्र महिलाको शव फेला, प्रहरीले सुरु गर्यो सबै कोणबाट अनुसन्धान
- ८काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा






तपाईको कमेन्ट लेख्नुहोस्