भारतमा आज ७६ औँ राष्ट्रिय स्वतन्त्रता दिवस मनाइदै

नयाँ दिल्ली। भारतमा सोमबार ७६ औँ राष्ट्रिय स्वतन्त्रता दिवस मनाइदैछ । तत्कालीन ब्रिटिस शासकहरूको उपनिवेशबाट मुक्त भएको उपलक्ष्यमा हरेक वर्षको अगस्ट १५ मा भारतमा राष्ट्रिय स्वतन्त्रता दिवस मनाउने गरिन्छ ।
स्वतन्त्रताका साढे सात दशक भारतका लागि सुखद र सन्तोषजनक नै रहेको धेरैले बताएका छन् । यस दिन प्रति भारतका सबैले गौरव गरेको पाइएको छ ।
स्वतन्त्रता दिवसका अवसरमा विश्वभर नै भारतीय नागरिकले विभिन्न गतिविधि गरेर उत्सव मनाउने गरेका छन् । यस अवसरमा राष्ट्रपति, प्रधानमन्त्रीलगायतका शुभकामना सन्देश पनि दिनुभएको छ ।
राष्ट्रिय एकतालाई अझै बलियो बनाउँदै भारत र भारतीय नागरिकलाई विश्वभर चिनाउने कार्यमा लाग्न उहाँहरूले सबैलाई अपिल गर्नु भएको छ ।
अन्य देशका शीर्ष नेता तथा अन्तर्राष्ट्रिय संघ संस्था र व्यक्तिहरूले समेत भारतको राष्ट्रिय एकता दिवसप्रति गौरव गर्दै थप प्रगतिको शुभकामना दिएका छन् ।
उनीहरूले भारतको भौतिक विकास, मानवीय विकास, नयाँ आविश्कार र शासन प्रणालीमा थप विकास तथा परिपक्वतामा जोड दिएका छन् ।
यसअघि ७५ औ स्वतन्त्रता दिवसका अवसरमा भारतले वर्षभरी विषेश कार्यक्रमहरूको आयोजना गरेको थियो ।
बेलायती उपनिवेशबाट मुक्त भएपछि भारतमा लोकतन्त्रको तिव्र विकास भएकाले भारतको स्वतन्त्रता दिवसलाई विश्व राजनीतिमै महत्वका साथ हेर्ने गरिएको छ ।एएनआई
क्याटेगोरी : अन्तर्राष्ट्रिय, समाचार
ट्याग : #भारत, #भारतमा ७६ औँ राष्ट्रिय स्वतन्त्रता दिवस मनाइदै
धेरै पढिएका
- १एमालेका नेता कार्यकर्ताले किन सेयर गरिरहेका छन् ‘म झोले हो’ पोस्टर ?
- २एमाले काठमाडौ जिल्ला कमिटीमा ४३ सदस्य मनोनित (सूचि सहित)
- ३राष्ट्रिय युवा संघ नेपालको १० औं महाधिवेशन : अध्यक्ष देखी सदस्य सम्म कसले कति मत पाए ? (सूचि सहित )
- ४टोखामा मेयर प्रकाश अधिकारीको २० उदारणीय काम , जसकै देशैभर चर्चा परिचर्चा हुने गर्दछ (सूचि सहित )
- ५नेकपा एमाले काठमाडौं जिल्ला कमिटीमा जिम्मेवारी हेरफेर, १३८ वडामा नयाँ इन्चार्ज तोकिए , हेर्नुहोस को को ?
- ६तारकेश्वर नगरपालिकाद्वारा फूटबलका पूर्व फिफा रेफ्री राजेश श्रेष्ठ सम्मानित
- ७टोखा झोरमा गोली चल्यो , प्रहरीलद्धारा गोठाटार हत्याकाण्डका अभियुक्त पक्राउ
- ८तारकेश्वरमा काग्रेसकै मेयर र वडाध्यक्ष बिच विवाद , कार्यकारी पनि असन्तुष्ट हुँदा जनताका काम प्रभावित
तपाईको कमेन्ट लेख्नुहोस्