प्यूठानमा जीप दुर्घटना तीन जनाको मृत्यु, १६ जना घाइते
काठमाडौं । प्यूठानमा जीप दुर्घटनामा परी तीन जनाको मृत्यु भएको छ । बाग्दुलाबाट डाम्रितर्फ जाँदै गरेको लु१ज १५४५ नम्बरको जिप नौबहिनि गाउँपालिका–६ मा अनियन्त्रित भई दुर्घटना हुँदा चालक २५ वर्षीय लुकेश थापासहित तीन जनाको मृत्यु भएको प्रहरीले जनाएको छ ।
दुर्घटनामा गम्भीर घाइते भएका उनीहरूको जिल्ला अस्पताल बिजुवारमा उपचारको क्रममा मृत्यु भएको हो । साथै दुर्घटनामा घाइते १६ जनामध्ये ४ जनाको लुम्बिनी सिटी अस्पताल र २ जनाको मर्सिटि अस्पताल बुटवलमा उपचार भइरहेको छ । यस्तै, १० जना उपचार पश्चात डिस्चार्ज भएका छन् ।
क्याटेगोरी : समाचार
ट्याग : #breaking, #जीप दुर्घटना
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ३एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ४सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ५काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ६तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ७काठमाडौं ५ मा ईश्वर पोखरेलनै उठ्ने, ७ र ९ मा पनि टुंगियो
- ८रास्वपा टोखा नगर सभापति काफ्लेले छोडे पार्टी, दलगत झण्डा नबोक्ने घोषणा






तपाईको कमेन्ट लेख्नुहोस्