Techie IT
मंगलबार, वैशाख ३०,२०८२

प्यूठानमा जीप दुर्घटना तीन जनाको मृत्यु, १६ जना घाइते


काठमाडौं । प्यूठानमा जीप दुर्घटनामा परी तीन जनाको मृत्यु भएको छ । बाग्दुलाबाट डाम्रितर्फ जाँदै गरेको लु१ज १५४५ नम्बरको जिप नौबहिनि गाउँपालिका–६ मा अनियन्त्रित भई दुर्घटना हुँदा चालक २५ वर्षीय लुकेश थापासहित तीन जनाको मृत्यु भएको प्रहरीले जनाएको छ ।
दुर्घटनामा गम्भीर घाइते भएका उनीहरूको जिल्ला अस्पताल बिजुवारमा उपचारको क्रममा मृत्यु भएको हो । साथै दुर्घटनामा घाइते १६ जनामध्ये ४ जनाको लुम्बिनी सिटी अस्पताल र २ जनाको मर्सिटि अस्पताल बुटवलमा उपचार भइरहेको छ । यस्तै, १० जना उपचार पश्चात डिस्चार्ज भएका छन् ।


क्याटेगोरी : समाचार
ट्याग : #breaking, #जीप दुर्घटना


तपाईको कमेन्ट लेख्नुहोस्


Kathmandu, NP
22°
Fair
5:13 am6:46 pm +0545