फोहोर बोकेर बञ्चरेडाँडा गएका गाडीलाई स्थानीय दलले रोके
काठमाडौं । काठमाडौंबाट फोहोर बोकेर बन्चरेडाँडा ल्याण्डफिल साइट पुगेका सबै गाडीहरुलाई स्थानीयहरुले रोकेका छन् ।
स्थानीय राजनीतिक दलहरुले फोहोरको गाडी रोकेका हुन् । हिजो सत्तारुढ तीन दलका स्थानीय नेताहरुले फोहोर खसाल्न नदिने घोषणा गरेसँगै एमाले तथा राप्रपाले पनि फोहोरको गाडी रोकेका हुन् ।
हिजो धादिङको धुनिबेशी नगरपालिका–१ का कांग्रेस सभापति पूर्णबहादुर तामाङ, माओवादी केद्रका अध्यक्ष विष्णु तामाङ र एकीकृत समाजवादीका अध्यक्ष भीषण धितालले संयुक्त विज्ञप्ति निकालेर बञ्चरेडाँडामा फोहोर फाल्न नदिन घोषणा गरेका थिए । आज दिउँसो सबै दलले संयुक्त वक्तव्य निकाल्ने तयारी भइरहेको छ ।
हिजो २५ वटा गाडीले मात्रै फोहोर फालेका थिए ।
उता स्थानीय बासिन्दाहरुले भने राजनीतिक दलहरुले आफ्नो स्वार्थपूर्तिका लागि फोहोर विसर्जनमा अवरोध गरेको आरोप लगाएका छन् ।
फाहोर पीडित स्थानीयबासीहरुले भने फोहोरको नाममा राजनीति गर्नेहरुसँग आफ्नो कुनै सम्बन्ध नरहेको स्पष्ट पारेका छन् ।
अहिले स्थानीयबासीहरु सडकमा आएका छन् । छलफलको प्रयास भइरहेको जनाइएको छ ।
क्याटेगोरी : समाचार
ट्याग : #hot, #बञ्चरेडाँडा, #बन्चरेडाँडा ल्याण्डफिल साइट
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ३एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ४सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ५काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ६तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ७काठमाडौं ५ मा ईश्वर पोखरेलनै उठ्ने, ७ र ९ मा पनि टुंगियो
- ८रास्वपा टोखा नगर सभापति काफ्लेले छोडे पार्टी, दलगत झण्डा नबोक्ने घोषणा






तपाईको कमेन्ट लेख्नुहोस्