मानिसहरूको भीडमा गाडी जोत्ने व्यक्ति पक्राउ
अन्तराष्ट्रिय । पेन्सिलभेनियामा शनिबार साँझ मानिसहरूको भीडमा गाडी जोत्ने व्यक्तिलाई पक्राउ गरिएको छ । उक्त व्यक्तिले एकजनाको मृत्यु र १७ जना घाइते हुनेगरी भींडमा गाडी जोतेपछि नजिकैको काउन्टीमा अर्को एकजना महिलाको समेत हत्या गरेको अभियोग लगाइएको छ ।
अगस्तको पहिलो साता एउटा घरमा भएको आगलागीमा १० जनाको मृत्यु भएको घटनामा आगलागी पीडितहरूका लागि पैसा जुटाउन गरिएको कार्यक्रममा गाडी जोतेको प्रहरीले जनाएको छ । प्रहरी घटनास्थलमा पुग्दा एकजनाको मृत्यु भइसकेका थिए भने कैयन घाइते भएका थिए ।
त्यसको केही समय पछि लुजर्न काउन्टीको नेस्कोपेक बरोमा एक महिलालाई शारीरिक रूपमा आक्रमण भएको जानकारी प्रहरीले वाएको थियो । प्रहरी त्यहाँ पुग्दा महिलालाई मृत अवस्थामा भेटाएको थियो । गाडी जोत्ने व्यक्ति र महिलामाथि आक्रमण गर्ने व्यक्ति एउटै भएको अधिकारीहरुको भनाई छ ।
५६ वर्षीया रोजा रेयेसलाई गाडीले ठक्कर दिएपछि हथौडाले आक्रमण गरेको प्रहरीले जनाएको छ । संदिग्ध आक्रमणकारी २४ वर्षीय एड्रियन ओस्वाल्डो सुरा रेस रहेको जनाइएको छ । आक्रमणकारी मृतक रोजा रेससँग सम्बन्धित भए नभएकोबारे भने केही खुलेको छैन ।
क्याटेगोरी : अन्तर्राष्ट्रिय, समाचार
ट्याग : #hot, #मानिसहरूको भीडमा गाडी जोत्ने व्यक्तिलाई पक्राउ
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ३एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ४सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ५तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ६काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ७काठमाडौं ५ मा ईश्वर पोखरेलनै उठ्ने, ७ र ९ मा पनि टुंगियो
- ८रास्वपा टोखा नगर सभापति काफ्लेले छोडे पार्टी, दलगत झण्डा नबोक्ने घोषणा






तपाईको कमेन्ट लेख्नुहोस्