मानिसहरूको भीडमा गाडी जोत्ने व्यक्ति पक्राउ

अन्तराष्ट्रिय । पेन्सिलभेनियामा शनिबार साँझ मानिसहरूको भीडमा गाडी जोत्ने व्यक्तिलाई पक्राउ गरिएको छ । उक्त व्यक्तिले एकजनाको मृत्यु र १७ जना घाइते हुनेगरी भींडमा गाडी जोतेपछि नजिकैको काउन्टीमा अर्को एकजना महिलाको समेत हत्या गरेको अभियोग लगाइएको छ ।
अगस्तको पहिलो साता एउटा घरमा भएको आगलागीमा १० जनाको मृत्यु भएको घटनामा आगलागी पीडितहरूका लागि पैसा जुटाउन गरिएको कार्यक्रममा गाडी जोतेको प्रहरीले जनाएको छ । प्रहरी घटनास्थलमा पुग्दा एकजनाको मृत्यु भइसकेका थिए भने कैयन घाइते भएका थिए ।
त्यसको केही समय पछि लुजर्न काउन्टीको नेस्कोपेक बरोमा एक महिलालाई शारीरिक रूपमा आक्रमण भएको जानकारी प्रहरीले वाएको थियो । प्रहरी त्यहाँ पुग्दा महिलालाई मृत अवस्थामा भेटाएको थियो । गाडी जोत्ने व्यक्ति र महिलामाथि आक्रमण गर्ने व्यक्ति एउटै भएको अधिकारीहरुको भनाई छ ।
५६ वर्षीया रोजा रेयेसलाई गाडीले ठक्कर दिएपछि हथौडाले आक्रमण गरेको प्रहरीले जनाएको छ । संदिग्ध आक्रमणकारी २४ वर्षीय एड्रियन ओस्वाल्डो सुरा रेस रहेको जनाइएको छ । आक्रमणकारी मृतक रोजा रेससँग सम्बन्धित भए नभएकोबारे भने केही खुलेको छैन ।
क्याटेगोरी : अन्तर्राष्ट्रिय, समाचार
ट्याग : #hot, #मानिसहरूको भीडमा गाडी जोत्ने व्यक्तिलाई पक्राउ
धेरै पढिएका
- १एमाले काठमाडौ जिल्ला कमिटीमा ४३ सदस्य मनोनित (सूचि सहित)
- २टोखामा मेयर प्रकाश अधिकारीको २० उदारणीय काम , जसकै देशैभर चर्चा परिचर्चा हुने गर्दछ (सूचि सहित )
- ३नेकपा एमाले काठमाडौं जिल्ला कमिटीमा जिम्मेवारी हेरफेर, १३८ वडामा नयाँ इन्चार्ज तोकिए , हेर्नुहोस को को ?
- ४तारकेश्वर नगरपालिकाद्वारा फूटबलका पूर्व फिफा रेफ्री राजेश श्रेष्ठ सम्मानित
- ५टोखा झोरमा गोली चल्यो , प्रहरीलद्धारा गोठाटार हत्याकाण्डका अभियुक्त पक्राउ
- ६तारकेश्वरमा काग्रेसकै मेयर र वडाध्यक्ष बिच विवाद , कार्यकारी पनि असन्तुष्ट हुँदा जनताका काम प्रभावित
- ७टोखामा १४०० रोपनी अतिक्रमित जग्गा संरक्षणमा मेयर प्रकाश अधिकारीको प्रभावशाली कदम, अव बसुन्धारा क्षेत्रमा खाली गराइदै
- ८खाँदबारीका मेयरलाई मदिरा सेवन गरि वडाध्यक्षद्धारा कार्यकक्षामै दुर्ब्यवहार
तपाईको कमेन्ट लेख्नुहोस्