एमालेले गरेका राम्रा काम लिएर जनतामा जान नेता ज्ञवालीको आग्रह
काठमाडौं । नेकपा (एमाले) का उपमहासचिव प्रदीप ज्ञवालीले सत्तारुढ गठबन्धनबाट तर्सिनुपर्ने आवश्यकता नरहेको बताउनुभएको छ ।
पाँच दलीय गठबन्धनको घेराबन्दी र एकमात्र उद्देश्य एमाले हराउने हुँदा पनि स्थानीय निर्वाचनमा एमाले लोकप्रिय मतसहित पहिलो दल भएको चर्चा गर्दै उपमहासचिव ज्ञवालीले सत्तागठबन्धनसँग सजग भने रहनुपर्ने वताउनुभयो ।
नेकपा (एमाले) जिल्ला कमिटी पश्चिम नवलपरासीको आयोजनामा शनिबार बर्दघाटमा भएको बृहत प्रशिक्षण कार्यक्रममा नेता ज्ञवालीले उक्त धारणा राख्नुभएको हो ।
उहाँले काँग्रेस, माओवादी, एकीकृत समाजवादी, जसपा लगायतका दलको स्वार्थ भनेको सत्ता प्राप्ति मात्र रहेको, देश र जनताको पक्षमा बोल्ने र काम गर्ने पार्टी एमाले मात्र रहेको वताउनुभयो ।
राष्ट्रियता र लोकतन्त्रको पक्षमा बोल्ने पार्टी एमाले एक्लै भएका कारण अहिले एमाले विरुद्ध मोर्चाबन्दी गरिएको वताउँदै उपमहासचिव ज्ञवालीले कार्यकर्तालाई उच्च मनोबलको साथ अघि बढ्न आग्रह गर्नुभयो ।
आगामी प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा एमाले नेतृत्वको सरकारले गरेका राम्रा काम लिएर जनता माझ जान आग्रह गर्दै उपमहासचिव ज्ञवालीले वर्तमान सरकारका कारण भईरहेको महंगी, भ्रष्टाचार, अनियमितता, राष्ट्रहित विरोधी कार्यहरूको विरुद्ध उत्रन कार्यकर्तालाई निर्देशन दिनुभयो ।
नेकपा (एमाले) का जिल्ला अध्यक्ष दीपेन्द्र अधिकारीको अध्यक्षतामा भएको उक्त कार्यक्रममा एमाले केन्द्रीय सदस्य एवं जिल्ला ईन्चार्ज सरिता खनाल, केन्द्रीय सदस्य एवं जिल्ला सह ईन्चार्ज विमला अर्याल, केन्द्रीय सल्लाहकार परिषद्का सदस्य खेमलाल पोखरेल, प्रदेश उपाध्यक्ष भोजप्रसाद श्रेष्ठ लगायतले प्रशिक्षण दिनुभएको जिल्ला सचिव धीरज शर्मा बस्यालले जानकारी दिनुभयो ।
क्याटेगोरी : राजनीति, समाचार
ट्याग : #एमालेले गरेका राम्रा काम लिएर जनतामा जान आग्रह, #प्रदीप ज्ञवाली
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २टोखा–छहरे सुरुङमार्गले धेरै बस्ती मापदण्डका कारण समस्यामा पर्ने भएकाले विकल्प खोज्न मन्त्री खनालको प्रस्ताव
- ३काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ४एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ५सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ६तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ७काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ८रास्वपा टोखा नगर सभापति काफ्लेले छोडे पार्टी, दलगत झण्डा नबोक्ने घोषणा






तपाईको कमेन्ट लेख्नुहोस्