बीमा सम्बन्धी विधेयक प्रतिनिधिसभाबाट पारित
काठमाडौँ । प्रतिनिधिसभाको आजको बैठकले विभिन्न विधेयकहरू पारित गरेको छ ।
भौतिक पूर्वाधार तथा यातायात व्यवस्था मन्त्री मोहम्मत इस्तियाक राईले प्रस्तुत गर्नुभएको सहरी क्षेत्र सार्वजनिक यातायात व्यवस्थापन प्राधिकरण विधेयक, २०७६ र अर्थमन्त्री जर्नादन शर्माले प्रस्तुत गर्नुभएको अर्थ समितिको प्रतिवेदन सहितको बीमा विधेयक २०७९, बहुमतले पारित गरेको हो ।
यसअघि बीमा विधेयकका विषयमा सांसदहरुले छलफलका क्रममा उठाउनुभएको प्रश्नको जवाफ दिँदै अर्थमन्त्री शर्माले पुनर्विमालाई सरल बनाइएको, बीमा दाबी प्रदेशमा पनि गर्न सकिने, बिमाको पहुँच गाउँका दुरदराजसम्म पुर्याइने बताउनुभयो ।
अर्थमन्त्री शर्माले बिमा क्षेत्रको विकृति विसङ्गतिलाई हटाउन सरकारले विशेष प्राथमिकता दिएको बताउनुभयो ।
त्यसैगरी, मन्त्री शर्माले सार्वजनिक ऋण व्यवस्थापन विधेयक २०७६ माथिको छलफलमा उठेका प्रश्नहरूको जवाफ दिनुहुँदै ऋण व्यवस्थापन र पारदर्शिता कायम गर्न विधेयक महत्त्वपूर्ण भएको बताउनुभयो ।
प्रतिनिधिसभाको अर्को बैठक साउन ३१ गते मङ्गलवार बिहान ११ः०० बजे बस्नेछ ।
क्याटेगोरी : समाचार
ट्याग : #प्रतिनिधिसभा, #प्रतिनिधिसभाको बैठक, #बीमा सम्बन्धी विधेयक प्रतिनिधिसभाबाट पारित
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ३एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ४सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ५काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ६तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ७काठमाडौं ५ मा ईश्वर पोखरेलनै उठ्ने, ७ र ९ मा पनि टुंगियो
- ८रास्वपा टोखा नगर सभापति काफ्लेले छोडे पार्टी, दलगत झण्डा नबोक्ने घोषणा






तपाईको कमेन्ट लेख्नुहोस्