प्रतिबन्धित लागु औषधसहित दुई जना पक्राउ
भद्रपुर, झापा । झापामा प्रतिबन्धित लागु औषधसहित दुई जना पक्राउ परेका छन् ।
जिल्ला प्रहरी कार्यालय झापाका अनुसार प्रहरी चौकी बिर्ता बजारबाट खटिएको प्रहरी टोलीले झापा बिर्तामोड–४ को भित्री सडकखण्डमा बिर्ता बजारबाट बुट्टा बारीतर्फ जाँदै गरेको मे.१ ह.२९२१ नं. को अटोलाई चेकजाँच गर्दा अटोचालक सुनसरी घर भई हाल बिर्तामोड ४ मा बस्दै आएका ४० वर्षीय उमेश चौधरीको साथबाट ४ ग्राम २० मिलिग्राम प्रतिबन्धित लागुऔषध ब्राउन सुगर फेला पारेपछि नियन्त्रणमा लिएको हो ।
सोधपुछका क्रममा चौधरीले सिराहा अमरुवा गाउँपालिका ५ घर भई हाल विर्तामोड ३ बिर्ता बजारमा डेरा गरी बस्ने २७ वर्षीय प्रतीक्षा चौधरीसमेत संलग्न रहेको बताएपछि खोजतलास गर्दा उनको कोठाबाट समेत ५ ग्राम ब्राउन सुगर फेला पारेको र अनितालाई पनि पक्राउ गरिएको प्रहरी जनाएको छ ।
अटोसहित नियन्त्रणमा लिइएका दुवै जनालाई इलाका प्रहरी कार्यालय अनारमनीमा राखी थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय झापाका प्रवक्ता वसन्त पाठकले जानकारी दिनुभयो ।
क्याटेगोरी : अपराध/सुरक्षा, समाचार
ट्याग : #hot, #प्रतिबन्धित लागु औषधसहित २२ जना पक्राउ
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २टोखा–छहरे सुरुङमार्गले धेरै बस्ती मापदण्डका कारण समस्यामा पर्ने भएकाले विकल्प खोज्न मन्त्री खनालको प्रस्ताव
- ३काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ४एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ५सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ६तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ७काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ८रास्वपा टोखा नगर सभापति काफ्लेले छोडे पार्टी, दलगत झण्डा नबोक्ने घोषणा






तपाईको कमेन्ट लेख्नुहोस्