Techie IT
मंगलबार, वैशाख २३,२०८२

भारतीय सेयर बजारका लगानीकर्ता राकेश झुनझुनवालाको मृत्यु


काठमाडौं । भारतीय सेयर बजारमा ‘बादशाह’को उपमा पाएका लगानीकर्ता राकेश झुनझुनवालाको ६२ वर्षको उमेरमा निधन भएको छ । उनको निधनमा प्रधानमन्त्री नरेन्द्र मोदीले तस्वीर राख्दै शोक पनि व्यक्त गरेका छन् ।
हालै आकासा एयरलाइन्समा २ अर्ब ६४ करोड भारु लगानी गरेका उनले ७० वटा जहाज किन्ने योजना बनाएका थिए । उनको आइतबार बिहान मुम्बईस्थित ब्रीच क्याण्डी अस्पतालमा निधन भएको हो ।
उनी पेशाले चार्टर्ड एकान्टेन्ट भएपनि १९८५ बाट सेयर बजारमा लगानी गर्न थालेका थिए । राकेशको सेयर बजारको सुरुवाती लगानी ५ हजार भारु रहेको भारतीय सञ्चारमाध्यमले लेखेका छन् ।

 


क्याटेगोरी : अन्तर्राष्ट्रिय, समाचार
ट्याग : #भारतीय सेयर बजारका लगानीकर्ता राकेश झुनझुनवालाको मृत्यु, #राकेश झुनझुनवाला


तपाईको कमेन्ट लेख्नुहोस्


Kathmandu, NP
23°
Mostly Cloudy
5:18 am6:41 pm +0545